ब्याडमिन्टन प्रतियोगिता नेपाल र ढुङ्गानाको जोडी प्रथम
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार १७:०:०
चन्द्रकान्त खनाल
२५ कार्तिक, रुपन्देही । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आइतवार बुटवलमा संघमा गठित बस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गल्ला वस्तुगत उपसमितिका विश्वास नेपाल र मनोज ढुङ्गानाको जोडी प्रथम भएको छ ।
प्रतियोगितामा युवा उद्यमी उपसमितिको जोडी टिकाराम न्यौपाने र विरेन्द्र केसीलाई फाइनलमा पराजित गर्दै नेपाल र ढुङ्गानाको जोडी पहिलो भएको हो । यसैगरि जुत्त चप्पल र व्याग उपसमितिको जोडी सनम थापा र कृष्णबहादुर राना तथा किरण राना र सुरज खनाल तेस्रो भएका छन् ।
संघले आफुनो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तरत आयोजित प्रतियोगितामा विभिन्न उपसमितिका २० जोडी सहभागी रहेका थिए । हार्डवेयर र जत्ताचप्पल वस्तुगत उपसमितिको सहकार्यमा भएको प्रतियोगिता बुटवल ब्याडमिन्टन क्लबको कर्वडहलमा आयोजना गरिएको थियो भने मुख्य रेफ्रीको भूमिका अर्जुन कार्कीले निभाए ।
प्रतियोगिताको उद्दघाटन संघका पूर्व अध्यक्ष यमलाल लोहनीले गर्नु भएको हो । उद्दघाटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले गर्नु भएको थियो भने सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम हकार्डवयर वस्तुगत समितिका संयोजक पारसमणि पोखरेलले गरेका थिए ।
संघले रजत महोत्सवका अवसरमा कार्तिक २२ गतेबाट साता व्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साता व्यापी कार्यक्रम अनुसार कार्तिक २६ गते रक्तदान कार्यक्रमको आयोजना गरिँदैछ । संघको भवनमा आयोजना हुने रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्रको सहयोगमा गरिने कार्यक्रम संयोजक प्रकाश ढकालले बताए ।
कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण तथा प्रभातफेरी कार्यक्रम गरिने जनाइएको छ । सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिँदैछ । रजत महोत्सव अन्तर्गतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
असोज ११, २०८१ शुक्रबार
तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
भदौ २८, २०८१ शुक्रबार
नेपालमा एयर ब्याडमिन्टनको सुरुवात
भदौ १२, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
मुस्ताङको स्याउ : बढ्दो माग, पुर्याउन धौधौ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
कात्तिक २९, २०८१ बिहिबार
नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक रुपमा बन्द रहने
कात्तिक २९, २०८१ बिहिबार
जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
कात्तिक २९, २०८१ बिहिबार
मंसिरभित्र काम सुरु नभए नारायणगढ-बुटवल सडकखण्डको ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
कात्तिक २९, २०८१ बिहिबार