सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिन रवि लामिछानेलाई आज रुपन्देही लगिँदै
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार ७:२३:५७
२७ कात्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देहीमा बयानका लागि लगिँदैछ । रुपन्देहीको सुप्रिम सहकारीमा भएको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई रुपन्देही लगिने भएको हो । लामिछानेलाई रुपन्देही ल्याउने प्रहरीको तयारी भएपछि रास्वपा र सहकारी पीडित दुवै पक्षले विरोध प्रदर्शनको तयारी गरेका छन् ।
सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा विरोध प्रदर्शनका लागि पीडित सदस्यहरूलाई बोलाएको छ भने रास्वपाले सबै कार्यकर्तालाई बिहानै लुम्बिनी गेटमा उपस्थितिका लागि निर्देशन गरेको छ ।
लुम्बिनीका नेता कार्यकर्ताका लागि जारी गरिएको सूचना अनुसार मङ्गलवार बिहान ७ः४५ बजेको उडानबाट लामिछानेलाई पोखराबाट भैरहवा ल्याउन लागिएको छ । मंगलवार नै बयान सकेर फर्काउने तयारी प्रशासनको रहेको सूचनामा उल्लेख गरिएको छ । लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई बिहान ११ बजे बुटवल पुग्ने गरी हिँड्न सर्कुलर गरिएको छ ।
प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिने भएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार