ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दावी
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १०:४०:२
२७ कात्तिक, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता नभएको मस्कोले दावी गरेको छ ।
यसअघि अमेरिकी मिडियामा ट्रम्पले पुटिनसँग टेलिफोन कुराकानी गरेको र युक्रेन युद्धको विषयमा छलफल गरेको विषय बाहिर आएको थियो ।
तर क्रेमलिनका प्रवक्ताले ट्रम्पले पुटिनलाई फोन गरेको र दुई नेताले युक्रेन द्वन्द्वबारे छलफल गरेको दाबीलाई अस्वीकार गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसलाई पूर्णतया गलत सूचना भन्दै ट्रम्प र पुटिनबीच कुनै फोन वार्ता नभएको स्पष्ट गरेका छन् ।
यसअघि वाशिंगटन पोस्टले आफ्नो रिपोर्टमा ट्रम्पले पुटिनलाई फ्लोरिडास्थित उनको रिसोर्ट मार-ए-लागोबाट फोन गरेको र दुबैले युक्रेन युद्धको समाधानका लागि छलफल गरेको दाबि गरेको थियो ।
ट्रम्पले चुनावी र्यालीका क्रममा आफूले कुनै किसिमको युद्ध शुरु नगर्ने र जारी युद्धहरू अन्त्य गर्ने बताउँदै आएका छन् । ट्रम्प विजयी भएपछि अब उनले रुस-युक्रेन युद्ध, इजरायल हमास युद्धलाई कसरी रोक्छन् यस यी युद्ध रोक्न कस्तो भूमिका खेल्छन् भन्नेमा विश्वको चासो रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्द
कात्तिक २८, २०८१ बुधबार
पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
कात्तिक २८, २०८१ बुधबार
ट्रम्पको जितपछि मस्कलाई फलिफाप : एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार