ट्रम्पले सिनेटर रुबियोलाई विदेशमन्त्री बनाउँदै
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार ११:३७:३३
२७ कात्तिक, काठमाडौं । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाउने भएका छन् ।
अमेरिकी मिडियाहरुले ट्रम्पले रुबियोलाई विदेशमन्त्री बनाउने तयारी गरेको उल्लेख गरेका छन् । यस अघि ट्रम्पको पहिलो कार्यकालमा जर्मनीको राजदूत बनेका उनका विश्वासपात्र रिक ग्रेनेललाई विदेशमन्त्री बनाउने चर्चा थियो ।
रुबियोलाई यसअघि ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवार बनाउने पनि चर्चा थियो । रुबियो हाल सिनेटको इन्टेलिजेन्स कमिटी र वैदेशिक नीति कमिटीमा रहेका छन् । रुबियो हालै ट्रम्पले नियुक्त गरेका चिफ अफ स्टाफ सुसी वाइल्ससँग पनि राम्रो सम्बन्ध रहेको बताइएको छ ।
रुबियो रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार समेत बन्न खोजेका थिए । त्यसक्रममा ट्रम्पसँग सम्बन्ध बिग्रिएको भएपनि पछि उनले ट्रम्पसँगको सम्बन्ध सुधार गरेको बताइएको छ ।
उनले चीनप्रति कडा नीति अपनाउनु पर्छ भन्ने रिपब्लिकन नेता मध्ये पर्दछन् । इन्टेलिजेन्स कमिटीमा चिनियाँ प्रविधि प्रयोग गरेर उत्पादन गरेका ब्याट्रीमाथि कर बढाउने र टिकटकमा चीनको प्रभावको बारेमा कडा कदम चाल्नुपर्ने धारणा राख्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार