भिजिबिलिटी नहुँदा भैरहवा उडेको बुद्धको जहाज पोखरा पुग्यो, लामिछाने पनि उतै अड्किए
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १२:६:५०
२७ कात्तिक, काठमाडौं । भिजिबिलिटी कम भएका कारण काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा डाइभर्ट गरिएको छ । भिजिबिलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका रवि लामिछानेलाई रुपन्देही पुर्याउन पनि समस्या भएको छ । उनीसँगै प्रहरी टोली अझै पोखरामै अड्किएको छ ।
बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन । उता, पोखरामा पनि आज बिहानैदेखि ‘भिजिबिलिटी’ नहुँदा जहाजहरू उड्न सकेका छैनन् । प्रहरीले रास्वपा अध्यक्ष रवि लामिछानेलाई पोखराबाट भैरहवा ल्याउँदै छ । तर, जहाज उड्न नसक्दा उक्त टोली समेत पोखराबाट अझै उड्न सकेको छैन ।
जहाजमा चढिसकेको रविसहितको टोली फेरि विमानस्थल टर्मिनलमा फर्किएको छ । भैरहवामा भिजिबिलिटी नहुँदा जहाज जान नसकेको हो । बिहानभरि पोखराको ‘भिजिबिलिटी’ कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका रवि लामिछानेलाई रुपन्देही ल्याउन हिँडेको प्रहरी टोली अझै पोखरामै अड्किएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी नहुँदा रविसहित प्रहरी टोली अझै पोखरामा अड्किएको हो । गौतमबुद्ध विमानस्थल प्रशासनका अनुसार बाक्लो हुस्सुका कारण भैरहवामा अहिले जहाज उडान–अवतरण हुन सकेको छैन । जहाजमा बसिसकेका यात्रुलाई समेत उतार्नुपरेको छ ।
भैरहवाको मौसम प्रतिकूल भएपछि विमान उड्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा विमानस्थलमै रहेका छन् । उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकूल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको छ ।
लामिछानेलाई बयानका लागि रुपन्देही लैजाने क्रममा बिहानै पोखरा विमानस्थल लागिएको भएपनि भैरहवाको मौसम प्रतिकूल भएका करण विमानले उडान भर्न सकेका छैनन् ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही लैजान लागेको हो । लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार