मुक्तिनाथ विकास बैंक साफा बीपीए अवार्डद्धारा दोस्रो पटक सम्मानित
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १३:२१:१७
२७ कात्तिक, काठमाडौं । श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report अवार्डस २०२३, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्र (Financial Services Sector) tkm{ “Certificate of Merit” द्वारा सम्मानित भएको छ । यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक २०२१ र २०२३ साल गरि दोस्रो पटक सम्मानित भएको हो ।
दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) n] Best Presented Annual Report Award विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो । विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको बैंकका प्रमुख स्रचना अधिकारी तिल प्रसाद गुरुङले बताए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका छन् । वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिइने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरूलाई थप उर्जा मिल्ने बैंकले जनाएको छ ।
साथै, बैंकले विकास बैंकले प्रबर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष (Mutual Fund) “मुक्तिनाथ म्युचुअल फण्ड” यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशनमार्फत इकाइहरु बिक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
नेपाल प्रिमियर लिगः ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार