देवीघाटमा भक्तजनको घुइँचो
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १४:१७:३६
२७ कात्तिक, नुवाकोट । हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ ।
सोमबार साँझदेखि सुरु भइ आज अपरान्हसम्म देवीघाटस्थित मेलामा दश हजार भन्दाबढीले त्रिशूली गङ्गा स्नान, जालापादेवी मन्दिरको दर्शन, दीप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेको मन्दिरका पुजारी रणबहादुर चित्रकारले जानकारी दिए ।
देवीघाटस्थित तादी र त्रिशूली नदीको सङ्गमस्थलमा विभिन्न जिल्लाबाट ल्याइएको एकसय बढी रथ, छत्र र फूलको डोली त्रिशूली नदी तारिएको छ । साइत बनाएर अघिल्लो दिन नै मन्दिरमा पु¥याइएको फूलको डोली रातभर पूजा गरी बिहान सूर्योदयसँगै तार्न सुरु गरिएको देवीघाट–जालपा क्लबका अध्यक्ष नवीन चित्रकारले जानकारी दिए ।
हरिबोधनी एकादशी पर्वको अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल उत्तरगयाधाम बेत्रावतीसहित दुप्चेश्वर महादेवको मन्दिर, किस्पाङस्थित फिकुरी मन्दिर लगायतका स्थानमा मेला लाग्ने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार