नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १४:२२:२३
२७ कात्तिक, काठमाडौं । नेपालले जारी यू–१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको कुवेत १३ ओभरमा ४८ रन बनाउदै अल आउट भएपछि नेपाल १६५ रनले विजयी भएको हो ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान पुजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउदै २१३ रन बनाएको थियो । पुजाले ५७ बलमा शतक बनाएकी पुजाले अविजित १२८ रन बनाएकी थिइन् । त्यस्तै सोनी पाख्रिनले अविजित ४३ रन बनाएकी थिइन् । पुजा र सोनीबीच १५७ रनको कीर्तिमानी साझेदारी समेत बनेको थियो ।
यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्बाधिक ठुलो टोटल हो । यस अघि युएईले कुवेत विरुद्धनै २११ रन बनाएको थियो । यो जितपछि प्रतियोगितामा नेपालले ५ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै कुवेतले अहिलेसम्मका पाँचै खेलमा हार बेहोरेको छ ।अब नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ । नेपालका लागि विश्वकपमा छनौट हुन यो खेल जित्नै पर्ने अवस्था सिर्जना भएको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार