जिल्ला अदालत पुर्याइएका दीपक मनाङेलाई आजै कारागार चलान गरिने
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १४:३६:१५
२७ कात्तिक, काठमाडौं । मंगलबार काठमाडौंबाट पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । उनलाई काठमाडौँको सानोभ¥याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरिएको हो । मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोले अदालत पुर्याएको छ ।
मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट अदालतमा उपस्थित गराइएको हो । त्यसपश्चात उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ । गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । मनाङेले मुद्धामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब करिब २६ महिना जेल बस्नुपर्ने भएको छ । यसका साथै उनको प्रदेश सांसद पद पनि जाने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक पक्राउ
माघ ७, २०८१ सोमबार
रौतहटमा फरार ११ प्रतिवादी पक्राउ
माघ ७, २०८१ सोमबार
लागु औषधसहित पाँचजना पक्राउ
माघ ६, २०८१ आइतबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार