कान्ति बाल अस्पताललाई काठमाडौं महानगरको सहयोग
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १५:३६:४६
२७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज रायले महानगरले उक्त कार्यका लागि रु पाँच करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए ।
मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए ।
उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
राजमौलीको नयाँ फिल्मको सुटिङमा कलाकार फोन लैजान प्रतिबन्ध
माघ १७, २०८१ बिहिबार
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कतिमा हुँदैछ खरिदबिक्री ?
माघ १८, २०८१ शुक्रबार
इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
महिलाको जिन्सको खल्ती पुरुषको भन्दा किन सानो हुन्छ ? पढनुहोस् इतिहास
माघ १८, २०८१ शुक्रबार
यस्तो छ राष्ट्रियसभा र प्रतिनिधिसभाको कार्यसूची
माघ १८, २०८१ शुक्रबार