दोहाबाट आएको कतार एयरलाइन्सको जहाज भैरहवा अवतरण, काठमाडौं हुँदै फेरी दोहा फर्कने
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १५:५२:५२
२७ कात्तिक, काठमाडौं । कतार एयरलाइन्सले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिका अनुसार हप्तामा सात वटा उडान यो एयरलान्सले भर्नेछ ।
मंगलबार कतारको दोहाबाट आएको एयरलाइन्सको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि काठमाडौं आउनेछ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो जहाजमा ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् भने बाँकी ३२ जना काठमाडौं फर्कने छन् ।
योसँगै कतार एयरलाइन्सले दोहा–भैरहवा–काठमाडौं रुटमा दैनिक उडान सुरुवात गरेको हो । कतार एयरलाइन्सको विमान प्रत्येक दिन दोहाबाट दिउँसो २ः४५ बजे भैरहवा विमानस्थल आइपुग्नेछ । त्यही विमान अपराह्न ४ः४५ बजे भैरहवाबाट काठमाडौं आउनेछ । सोही दिन ६ः५५ बजे उक्त विमान काठमाडौंबाट दोहाका लागि उड्नेछ । यो सेड्युल नोभेम्बर ३० सम्मको लागि कायम रहनेछ ।
यसअघि यो विमानस्थलबाट नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा एयर र थाई एयर एशियाले उडान सुरु गरिसकेका छन् । कतार एयरवेज भैरहवा जाने पाँचौं एयरलाइन्स कम्पनी हो । यी एयरलाइन्सहरु भैरहवा जानुले भैरहवा विमानस्थल अन्तराष्ट्रिय रुपमा परिचित हुने आसा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
माघ १८, २०८१ शुक्रबार
हेलिकोप्टरसँग ठोक्किएर अमेरिकमा ६४ जना यात्रु सवार विमान दुर्घटना
माघ १७, २०८१ बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु
माघ १९, २०८१ शनिबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
माघ १९, २०८१ शनिबार