उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय, मन्त्रिपरिषदको निर्देशन कार्यान्वयन हुने
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १६:२३:५
२७ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको लाइन जोडेर मन्त्रिपरिषदको निर्णयको कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले काटिएका उद्योगहरुमा बिजुली जोड्ने निर्णय गरेको हो ।
प्राधिकरणको बोर्ड बैठकले उद्योगमा काटिएका लाइन जोड्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने बोर्डले निर्णय गरेको उनले बताए । करिब ६ अर्ब रुपैयाँ १५ दिनभित्र विद्युत् प्राधिकरणले उठाउने पनि बोर्डले निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयसँगै ऊर्जा मन्त्रालयले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता रहेका उद्योगमा बिल काट्न र बक्यौता उठाउन निर्देशन दिएको थियो । सरकारले लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गरिसकेको छ ।
सोमबार नै उद्योगमा काटिएको लाइन जोड्न मन्त्रिपरिषदले निर्देशन दिएको थियो । तर, सोमबार प्राधिकरणको बोर्ड बैठक बस्न सकेको थिएन । उर्जा मन्त्रालयले भने काटिएको लाइन जोड्न प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठक आवश्यक नभएको बताएकबो थियो । तर, प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले भने बोर्ड बैठकको निर्णयअनुसार मात्र गरिने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार