फुकुशिमा परमाणु केन्द्रको फोहोर परीक्षणका लागि टोकियो पुर्याइयो
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १७:३:३१
२७ कात्तिक, काठमाडौं । जापानको फुकुशिमा आणविक केन्द्रबाट रोबोटले निकालेको रेडियोधर्मी फोहोरको सानो मात्रा टोकियो नजिकैको एक अनुसन्धान प्रयोगशालामा आइपुगेको छ।
मङ्गलबार प्लान्टको सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी 'टेप्को' ले गत हप्ता विशेष रूपमा विकसित विस्तारयोग्य उपकरणको प्रयोग गरेर फोहोर उठाई र परीक्षणका लागि ल्याबमा पठाउने कठिन काम पूरा भएको पुष्टि गरे ।
सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्पका कारण आएको विनाशकारी सुनामीले विश्वकै सबैभन्दा भयानक आणविक दुर्घटना निम्त्याएको १३ वर्षभन्दा बढी भइसक्दा पनि करिब ८८० टन रेडियोधर्मी सामग्री हटाउन सकिएको छैन ।
उच्च विकिरणको स्तरको कारण दशकौँ लामो शुद्धिकरण र व्यवस्थापन गर्ने परियोजनामा यो भग्नावशेष हटाउनु सबैभन्दा चुनौतीपूर्ण रूपमा हेरिएको छ।
प्राविधिक समस्याका कारण ढिलाइ भए पनि रिएक्टरभित्रको जोखिमको अवस्था बारेमा जानकारीका लागि अध्ययन गर्ने उद्देश्यले उत्तरपूर्वी जापानको फुकुसिमा प्लान्टबाट परीक्षणका लागि नमूना झिकी ल्याबमा पु¥याइएको हो ।
टेप्कोले मंगलबार सञ्चारमाध्यमलाई पठाएको इमेलमा भनिएको छ, “परीक्षण अभियानका क्रममा सङ्कलन गरिएको इन्धनबाट निस्केको फोहोरको ढुवानी पूरा भएको छ।”
जापान आणविक ऊर्जा एजेन्सी 'जेएईए' को ओराई न्युक्लियर इन्जिनियरिङ इन्स्टिच्युटको ६० किलोमिटर १० माइल को यात्रा कहिले हुनेछ भन्ने बारे कम्पनीले सुरक्षाको कारण देखाउँदै यसअघि विस्तृत विवरण दिएको थिएन।
जापानी सञ्चारमाध्यमका अनुसार रोबोटले निकालेको नमूनाको तौल ०.७ ग्राम ०.०२ औंस रहेको छ भने जेएईएले यसको उचित विश्लेषणका लागि कम्तीमा एक ग्राम नमूना आवश्यक पर्ने बताएको छ ।
सन् २०११ मा आएको सुनामीका कारण फुकुशिमाका छ वटा रिएक्टरमध्ये ३ वटा रिएक्टरमा क्षति पुगेको थियो । जापानले गत वर्ष ५४० वटा ओलिम्पिक स्विमिङ पुलको लागि पुग्ने रिएक्टर कूलिङ पानीमध्ये केही पानी प्रशान्त महासागरमा छोड्न सुरु गरेको थियो ।
यस कदमले चीन र रूससँग कूटनीतिक विवाद सिर्जना भएको र दुबैले एक आपसमा समुद्री खाना 'सि फुड' आयातमा प्रतिबन्ध लगाएका थिए । यद्यपि जापानले समुद्रमा छोडिएको पानी निर्वहन सुरक्षित रहेको दाबी गरेको थियो भने यसलाई संयुक्त राष्ट्र सङ्घीय आणविक निकायले समर्थन जनाएको थियो ।
समूद्रमा छोडिएको पानी सुरक्षित रहेको राष्ट्र सङ्घीय निकायको भनाइपछि बेइजिङले सेप्टेम्बरदेखि जापानबाट सि फुड आयात गर्न ‘बिस्तारै सुरु’ गर्ने बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्द
कात्तिक २८, २०८१ बुधबार
पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
कात्तिक २८, २०८१ बुधबार
ट्रम्पको जितपछि मस्कलाई फलिफाप : एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार