स्याङजाको उत्तरबाहिनीमा धार्मिक महा-महोत्सव

नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १८:४५:२५
२७ कात्तिक, स्याङ्जा । दुई प्रदेश र दुई जिल्लाको सिमानामा रहेको पवित्र धार्मिक स्थल उत्तर बाहिनीमा कार्तिक ९ गतेदेखी धार्मिक महा-महोत्सव संचालन भइरहेको छ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा मातापिता पूजन एंव गण्डकी शालग्राम दामोदर महोत्सव भइरहेको हो । यो धार्मिक महोत्सवले यो क्षेत्रको प्रचारप्रसार र धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
स्याङ्जा र पाल्पाको सीमा हुँदै उत्तरतर्फ बगेको कालीगण्डकी नदी किनारमा झण्डै एक महिने महामहोत्सव चलिरहेको छ । महा—महोत्सवमा मातापिताको प्रत्यक्ष एवं धार्मिक ग्रन्थमा उल्लेख भएका सबै धार्मिक, आध्यात्मिक, दामोदरको आरती, सविधि कार्तिक स्नान तथा उत्तरबाहिनी गण्डकी मन्त्रोच्चारण विश्वभरका धार्मिक विज्ञहरूको सम्मेलन सहित विशिष्ट सन्त, बैज्ञानिकहरुको बीचमा अदभुत अन्तरसंवाद रहने प्रतिष्ठानको लक्ष्य रहेको छ ।
कार्तिक महिना दामोदर भगवानको उत्सवको महिना हो । धार्मिक ग्रन्थमा भनिए अनुसार कार्तिक महिनामा उत्तरतर्फ वगेको नदीमा स्नान गरेमा सबै पाप नष्ट हुने विश्वास लिइन्छ । यो महिनामा गण्डकी नुहाउने र मातापिताको सम्मानमा पुजाआजा गर्ने उदेश्य राखेर प्रतिष्ठानले धार्मिक महा—महोत्सव संचालन गरिरहेको छ । यो महा—महोत्सवले मातापिता प्रति सदभाव जगाउने र उत्तर बाहिनीमा आउने भक्तजनहरूलाई पवित्र बनाउने उद्देश्यका साथ संचालन गरेको आयोजकले जनाएका छन् ।
गल्याङ १ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका १ अर्सेदीमा रहेको धाममा दुवै स्थानहरुमा विभिन्न धार्मिक कार्यक्रमहरु गरिएको छ । दुवै जिल्लाको भागलाई समेटेर प्रतिष्ठानले बहु आयमिक धार्मिक केन्द्र निर्माण भइरहेको छ । यो महा—महोत्सवमा आएर कथा सुन्ने र पवित्र बन्न सधै आइरहेको स्थानीय चेतकान्त न्यौपानेले बताए । यहाँ आएपछि आनन्द आउने स्थानीयहरुले बताउँदै आएका छन् ।
निःशुल्क विद्यादान, अन्नदान र जिवनदानका लागी अक्षयकोष स्थापनार्थ यो महामहोत्सवमा ११ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको छ । बिशेषगरी गण्डकी स्नानको महत्व बढाउने कार्तिक स्नान, दिपदानजस्ता महत्वपुर्ण विषयलाई समेत यो महोत्सवले जोड्ने आयोजकले जनाएका छन् । दुई प्रदेश र दुई जिल्लाकै बिशिष्ट धार्मिक स्थल बनाउने उदेश्य सहित काम भइरहेको छ । यो क्षेत्रलाई आर्युवेद र योगको केन्द्रस्थल बनाउन सरोकारवालाहरुले सुझाएका छन् । धार्मिक क्षेत्र मात्रै नभएर यसक्षेत्रलाई बहुआयमिक धार्मिक केन्द्रको रुपमा प्रस्तुत गर्न स्थानीय धार्मिक व्यक्ति ध्रुवशर्मा पंगेनीले बताए ।
उत्तर बाहिनीमा चलिरहेको महामोत्सवमा देशका विभिन्न भागबाट धार्मिक व्यक्तिहरु आउनेक्रम चलिरहेको छ । देशका पुर्व मन्त्रीहरु देखी सांसदहरुले पनि यो महोत्सवको अवलोकन गरेका छन् । पवित्र धार्मिक क्षेत्र मानिदै आएको उत्तर बाहिनीलाई देशकै एक महत्वपुर्ण धार्मिक स्थल बनाउन तिनैतहका सरकारहरुले सहयोग गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन् । मुलुकको समृद्धी मध्ये यो क्षेत्र धार्मिक पर्यटन क्षेत्र बनाउन सकिने गण्डकी प्रदेश सभा अन्तर्गत अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बताए । कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकास गर्न सकेमात्रै मुलुकको समृद्धि हुने सभापति अर्यालले बताए ।
विश्वभरीका धार्मिक मानिसहरुको आर्कषणको केन्द्र बनाउदै यहाँबाट बैज्ञानिक ऋषि उत्पादन हुने विश्वास प्रतिष्ठानले लिदै आएको छ । सोही अनुसार यहाँ धार्मिक स्कुल, अर्युवेद अस्पताल सगै विभिन्न धार्मिक स्थलहरु निर्माण भइरहेका छन् । यो महा महोत्सवलाई विश्वभरबाट सदभाव, प्रेम र साथ पाइरहेको आयोजक कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए । यो ठाउँको भविश्य उज्वल रहेकाले महामोहत्सव सफल भएको उनले बताए ।
प्राकृतिक र धार्मिक विश्वासमा रहेको यो क्षेत्रलाई विश्वभरको नजर तान्ने बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए । सरकारीतवरबाट खासै सहयोग नपाएको यो क्षत्रलाई बनाउन प्रतिष्ठानले थालेको पहल निकै महत्वपुर्ण छ । यस्ता क्षेत्रको सरकारले पनि साथ सहयोगमा ध्यान दिने हो भने देश विदेशबाट धार्मिक पर्यटक भित्र्याउन निकै सहज हुनेछ । यसतर्फ सरकार र सबैको ध्यान जानु आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई विगतभन्दा धेरै सुविधा दिइने, साधुसन्तको आगमन सुरु
फागुन ९, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री गगन थापाले महाकुम्भमा स्नान
फागुन ५, २०८१ सोमबार
देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
नेपाल प्रहरीसम्बन्धी विधेयकः संसदमा सत्तापक्ष र प्रतिपक्षका गरी ५२ वटा संशोधन प्रस्ताव दर्ता
फागुन ९, २०८१ शुक्रबार
राष्ट्र बैंकले भन्यो-अब नेपाल पे टाइमसँग कुनै कारोबार नगर्नु, लाइसेन्स खारेज भइसक्यो
फागुन ९, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १०, २०८१ शनिबार
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
अनुदानमा घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान हर्षित
फागुन १०, २०८१ शनिबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
अनुदानमा घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान हर्षित
फागुन १०, २०८१ शनिबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार