स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति

नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १८:५२:४०

♦ प्रकाश डोटेल
२७ कार्तिक, स्याङ्जा । स्याङ्जामा चालु वर्ष सुन्तलामा २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । विभिन्न रोगकिरा र प्राकृतिक प्रकोपका कारण सुन्तलामा २० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जानकारी दिएको छ ।
पतेरोको आक्रमण, फल कुहाउने औंसा किरा र असिनाका कारण सुन्तलामा ठूलो क्षति भएको ज्ञान केन्द्रका बागबानी विकास अधिकृत विकाश विकले बताए । उनका अनुसार साउनदेखि नै पतेरो लगायतका रोग किराका कारण नोक्सानी भोगेका किसानले पछिल्लो ४ कात्तिकमा परेको असिना पानीले झनै क्षति बेहोर्नु परेको छ ।
असिना ठूला नपरेको भएपनि सानो असिना बाक्लो परेको र त्यसले चोट लागेको सुन्तला विस्तारै संक्रमित भएर झरेको कार्यालयका प्रवक्ता समेत रहेका बागबानी विकास अधिकृत विकले जानकारी दिए । पछिल्लो असिना पानीका कारण स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ का साथै भीरकोट नगरपालिकाको वडा नम्बर ७ मा धेरै क्षति पुगेको छ ।
असिना पानीकै कारण त्यस क्षेत्रका किसानको ५० लाखको हाराहारीमा सुन्तला झरेर नष्ट भएको उनले बताए । स्याङ्जामा यो वर्ष साउनदेखि पतेरो, फल कुहाउने औंसा किरा र असिना पानीले गर्दा फलमा चोट लागेर भएको संक्रमणका कारण समग्रमा २० करोड रूपैयाँभन्दा धेरैको क्षति भएको छ उनले बताए ।
किसानले सुन्तला टिप्ने समय आउन अझै झण्डै एक महिना बाँकी छ । मंसिरको अन्तिमदेखि पुस महिनाभर बारीमा पुगेर व्यवसायीहरूले सुन्तला लैजाने गर्दछन् । पुतलीबजार ११ का किसान चित्रबहादुर थापाले सुन्तला दिन प्रतिदिन झर्दै गएको र अहिले बोटमा भन्दा धेरै भुइँमा झरेको बताए ।
उनले सुन्तला टिप्न नै नपाइने होकी भन्ने चिन्ता लागेको सुनाए । “सुन्तला फूल खेल्दै देखि झर्न थालेको हो ।” उनले भने, “अहिले जति टिप्ने बेला भयो त्यति धेरै झर्दै गएको छ ।” सबै झरेर टिप्न नै नपाइने हो की भन्ने चिन्ताले सताएको थापाले बताए ।
स्याङ्जामा एक हजार पाँच सय हेक्टर उत्पादनशील क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए । प्रति हेक्टर १६ मेट्रिक टनका दरले उत्पादन हुने गरेको छ । यस वर्ष एक अर्ब ४४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने र एक अर्ब रुपैयाँ बराबरको सुन्तला निर्यात गरिने कार्यालय प्रमुख हमालले जानकारी दिए ।
जिल्लाका किसानहरू सुन्तला खेती तर्फ आकर्षित हुने क्रम बढ्दो छ । विगतका वर्ष र चालु वर्षमा लगाईएको सुन्तलाले आगामी वर्षहरुमा उत्पादान दिदै जाँदा बढ्दै जाने ज्ञान केन्द्रको अनुमान छ । जिल्लामा उत्पादीत सुन्तला निर्यात हुनुका साथै चालु वर्षदेखि सुन्तलाबाट वाईन बनाउने उद्योग समेत संचालनमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
म्याग्दीको धौलागिरि गाउँपालिकाको एउटै वडामा ३ जलविद्युत् आयोजनाको निर्माण सुरू
फागुन १०, २०८१ शनिबार
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
म्याग्दीको धौलागिरि गाउँपालिकाको एउटै वडामा ३ जलविद्युत् आयोजनाको निर्माण सुरू
फागुन १०, २०८१ शनिबार
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
म्याग्दीको धौलागिरि गाउँपालिकाको एउटै वडामा ३ जलविद्युत् आयोजनाको निर्माण सुरू
फागुन १०, २०८१ शनिबार
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
फागुन १०, २०८१ शनिबार