बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १९:३९:५
२७ कात्तिक, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आधार मानेर मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्नेबारे योजना अघि सारेका छन् । छिमेकी देश चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका मुख्यमन्त्री आचार्यले व्यापार र लगानीको बारेमा आज भएको विज्ञसहितको कार्यशालामा रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययनका लागि विदेशी लगानीकर्तासमक्ष योजना अघि सारेको उनको सचिवालयले जनाएको छ ।
“बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न आह्वान गर्ने काम भएको छ । यसबाट आउने नतिजाको आधारमा थप प्रक्रियाअघि बढाइने छ । यसका साथै प्रदेश राजधानी सहरलाई नमूना बनाउने र राजधानी सहरलाई सडक सञ्जालबाट जोड्ने गरी बृहत् योजना अघि सारिएको छ ।
लगानीकर्ता र विज्ञहरूको ध्यान केन्द्रित गर्न सफल भएका छौँ”, मुख्मन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ । मुख्यमन्त्री आचार्यले प्रदेशमा कृषि, उद्योग, व्यापार क्षेत्रको विकासमा पनि विदेशी दातृ निकाय तथा लगानीकर्ताको ध्यानाकर्षण गराएका छन् ।
छलफलमा मुख्यगरी प्रदेश राजधानी सहर निर्माण आयोजना, भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी सहर राप्ती देउखुरी जोडन आवश्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थानमा पर्यटकी पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि चिनियाँ प्राविधिक विश्वविद्यालयको आवश्यक सहयोग, चिनियाँ विधायन पद्धति र
सिकाइका आधारमा लुम्बिनी प्रदेशसभाका सभासद्हरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग, कृषक, पशुपालकको लागि क्षमता अभिवृद्धि उत्पादित वस्तु बजारीकरण तथा जडीबुटी उत्पादकको लागि क्षमता विकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथ प्रदर्शनसम्बन्धी विशिष्ट तालिम एवं भाषा प्रशिक्षणको विषयमा ध्यानाकर्षण गराइएको छ ।
सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
आज ४ वटा संसदीय समितिको बैठक बस्दै
माघ ९, २०८१ बुधबार
सिमेन्टको मूल्य बोराको २५० ले बढेपछि लेखा समितिले बोलायो उद्योगमन्त्रीलाई
माघ ९, २०८१ बुधबार
अबदेखि पण्डितले पुराणवाचक गर्न परीक्षा पास गर्नुपर्ने
माघ ९, २०८१ बुधबार