एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार २२:११:४९
२७ कात्तिक, मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताएका छन् । एमाले मोरङ जिल्ला कमिटीद्वारा आज ग्रामथान गाउँपालिकामा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा उनले ‘मिसन ८४’ मा पार्टीलाई बहुमतका साथ विजयी बनाउन आजैदेखि कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन आगामी निर्वाचनमा विजयी बनाउन सकेमात्र मुलुकमा विकासले गति लिने दाबी गरे । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेको लोकप्रियताकै कारण विगतको उपनिर्वाचनमा पार्टीका उम्मेदवारले पूर्वको इलाम र पश्चिममा समेत विजयी भएको बताए ।
उनले वर्तमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएकाले यसलाई संस्थागत गर्नुपर्नेमा सबैको सहयोग आवश्यक रहेको धारणा राखे । एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टीले तय गरेको राष्ट्रिय लक्ष्य र सङ्कल्पलाई केन्द्रविन्दुमा राखी सिङ्गो पार्टी शक्तिलाई परिचालन गर्नुपर्नेमा जोड दिए ।
पार्टीका मोरङ इञ्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्कीले मिसन ८४ लाई सफल बनाउन नेता कार्यकर्तालाई महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे । सोही अवसरमा आगामी मङ्सिर १६ गते हुने ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको निर्वाचनमा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार तुलसीराम विश्वासलाई घोषणा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला
माघ १, २०८१ मंगलबार
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
माघ १, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो
माघ १, २०८१ मंगलबार