प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार २२:५४:२५
२७ कात्तिक, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा बिजुली जोड्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम डेडिकेटेड विवादमा लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्न प्राधिकरणले निर्देशन दिएको हो ।
टीओडी मिटरसमेतका आधारमा डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल गणना गरी अशुल गर्न पनि नेपाल विद्युत प्राधिकरणले क्षेत्रीय कार्यालयहरुलाई पत्राचार गरेको छ । मंगलबार प्राधिकरणको सञ्चालक समितिले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय गरेपछि त्यसअनुसार १५ दिनभित्र महसुल गणना गरी अशुल गर्न मातहतका कार्यालयहरुलाई पत्राचार गरिएको हो ।
वितरण केन्द्रहरुले जारी गरेको नयाँ बिलको प्रति विद्युत ग्राहक सेवा निर्देशनालयको अर्थ विभागमा पठाउन पनि प्राधिकरणले क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको छ । आइतवार साँझ मन्त्रिपरिषद् बैठकले यो विवादमा उद्योगहरुमा काटिएको विद्युत् २४ घन्टाभित्र जोड्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार