एलन मस्कलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १०:३:५
२८ कात्तिक, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई चुनाव जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कलाई विशेष जिम्मेवारी दिएका छन्।
ट्रम्पले रिपब्लिकबाट उम्मेदवारी दाबी गरेका विवेक रामाश्वामी र मस्कलाई डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसेन्सीको नेतृत्व दिएका हुन्। यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।
यो घोषणा गर्दै ट्रम्पले मस्कलाई ‘ग्रेट एलोन मस्क’ भनेका छन् भने रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन्। मस्कसँगै रामास्वामीले संघीय एजेन्सीहरूको पुनर्संरचनाका साथै कर्मचारीतन्त्र, अप्रासंगिक नियम-कानुन र सरकारमा हुने अनावश्यक खर्च रोक्ने काम गर्नेछन्। ट्रम्पले यसलाई ‘सेभ अमेरिका’ अभियानका लागि आवश्यक भएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
इजरायली सेनाले गर्यो थप २ प्यालेस्टाइनीको हत्या
माघ १८, २०८१ शुक्रबार
ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प
माघ १८, २०८१ शुक्रबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार