ट्रम्पको जितपछि मस्कलाई फलिफाप : एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार ११:१५:१
२८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित एलन मस्कका लागि निकै फाइदा साबित हुने देखिएको छ । चुनावमा ट्रम्पका लागि ठुलो रकम खर्च गरेका टेस्ला र एक्सका सीईओ एलन मस्कले सात दिनमा ट्रम्पको कुल सम्पत्तिभन्दा झण्डै १० गुणा बढी कमाएका छन् ।
ट्रम्पको जितअघि मस्कको कुल सम्पत्ति २६२ अर्ब डलर थियो, जुन मंगलबार बढेर ३०८ अर्ब डलर पुगेको छ । ट्रम्पको सम्पत्ति करिब ५।६ बिलियन डलर रहेको छ ।
फोर्ब्सको रियल(टाइम बिलियनियर्स इन्डेक्सका अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति मस्कको सम्पत्ति बुधबार ३०८।१ बिलियन डलर पुगेको छ । ट्रम्पको जितपछि मस्कको ईभी कम्पनी टेस्लाको शेयरमा भारी वृद्धि भएको थियो । टेस्लाको शेयर ३९ प्रतिशतले बढेको छ र कम्पनीको मार्केट क्याप एक ट्रिलियन डलरले बढेको छ ।
राष्ट्रपतिको चुनावमा ठुलो रकम खर्च गर्नुका साथै मस्कले ट्रम्पलाई पुरा समर्थन गरेका थिए । मस्कले ट्रम्पका लागि सोशल मिडिया प्लेटफर्म एक्सको पनि पूरा उपयोग गरेका थिए ।
यसैबीच ट्रम्पले मस्कलाई आफ्नो सरकारमा सामेल गराएको घोषणा गर्दै सरकारको दक्षता बढाउने नयाँ मन्त्रालय स्थापना गरेर त्यसको नेतृत्व दिने घोषणा गरेका छन् । विभिन्न मिडिया रिपोर्टमा विश्वकै धनि मस्कले अब ट्रम्प सरकारको नीति निर्माणदेखि आफ्नो व्यवसायको लागि फाइदा पुग्ने कानुन बनाउन हस्तक्षेप गर्नसक्ने बताउदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर !
कात्तिक २९, २०८१ बिहिबार
हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
जुम्लामा निःशुल्क कान शिविर, दुई सय ५९ जना लाभान्वित
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार
प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा दुई बङ्गलादेशी पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
सुनको मूल्य २२ सयले घट्यो, तोलाको एक लाख ६० हजारमा कारोबार
कात्तिक २९, २०८१ बिहिबार