अमेरिकी जनरल फर्किएपछि किन नेपाल आउँदैछन भारतीय सुरक्षा अंगका उच्च अधिकारी ?
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १२:३१:३
२८ कात्तिक, काठमाडौं । एक साता यता अमेरिका र भारतीय सुरक्षा अंगका उच्च अधिकारीको नेपाल भ्रमणलाई लिएर राजनीतिक रुपमै बहस चल्यो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सम्झौता हुन लागेको आशंका गरे । यही कात्तिक २३ गते अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका उपकमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रुड नेपाल आएपछि प्रचण्डले एसपीपीको कुरा उठाएका हुन् ।
एसपीपीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दोहोरी नै चल्यो । प्रधानमन्त्री ओलीले अमेरिकी जनरल आएको विषय एसपीपी सम्झौताका लागि नभएको बताए । अमेरिकी जनरल मंगलबार नै स्वदेश फर्किएका छन् । उनको काठमाडौं आगमनलाई लिएर राजनीतिक वृत्तमा चासो व्यक्त भएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अमेरिकी सेनाका उच्च अधिकारी ‘दलबलसहित’ नेपाल आएको भन्दै उनी आउनुको कारणबारे प्रश्न उठाएकी थिइन् ।
उनी ६ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आएका थिए । नेपालस्थित अमेरिकी दूतावासले भने २४९ औं युएस मरिन र्कोप्स बल कार्यक्रममा अतिथिको रुपमा उनी सहभागी हुन आएकाे प्रष्टीकरण दिएको छ । अमेरिकी सेनाका रथी फर्किए लगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने कुराले फेरी चर्चा पाएको छ । अमेरिका र भारतका उच्च सुरक्षा अधिकारीको भ्रमणलाई लिएर प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र बीआरआईकाे विषय जोडिएको छ ।
यता, नेपाली सुरक्षा निकायले भने भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने कुरा विगतै नियमित बैठक र परम्परा निभाउनका लागि भएको बताएका छन् । एसएसबी प्रमुख यही कात्तिक ३० गते र भारतीय स्थल सेनाध्यक्ष आगामी मंसिर ५ गते नेपाल आउने पक्का भइसकेको छ । नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्षको नेपाल आगमनबारे प्रेस विज्ञप्ति जारी गरेर नै जानकारी दिने छ ।
द्विवेदीको गुडविल भिजिट हो, त्यसबारे जारी गरेर जानकारी दिएको नेपाली सेनाको भनाइ छ । नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही पदवी ग्रहणका लागि भारतीय सेना प्रमुख नेपाल आउन लागेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा नेपालको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । त्यसैले नेपाली सेनाले उनको आगमनलाई ‘गुडविल भिजिट’ भनेको हो ।
उपेन्द्र द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए, त्यहाँ उनले जम्मु-कश्मिर र लद्दाखको रणनीतिक रुपमा महत्वपूर्ण मानिने क्षेत्रको नेतृत्व गरेका थिए । यसैगरी भारतीय सीमा सुरक्षा बल एसएसबी प्रमुख हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन नेपाल आउन लागेका छन् । नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबी बीच हुने समन्वय बैठक मंसिर १ र २ गते काठमाडौंमा हुँदैछ । यो नियमित बैठक बताइएको छ ।
सशस्त्र प्रहरीका एक अधिकारी दिएको जानकारी अनुसार यसअघि यो बैठक भदौ पहिलो साता काठमाडौंमा हुने तय भएको थियो । तर बंगलादेशको आन्दोलनलाई कारण देखाउँदै बैठक स्थगित गरिएको थियो । सीमा समन्वय बैठक नेपाल र भारतमा आलोपालो हुने गर्दछ । गत वर्ष यो बैठक नयाँ दिल्लीमा भएको थियो । यो बैठक नेपाल–भारत खुला सीमापार अपराध नियन्त्रणमा केन्द्रित हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार