निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १३:५२:१६
२८ कात्तिक, काठमाडौं । १३ वर्षकी बालिका निर्मला पन्तको तीन जनाले बलात्कार गरेको र त्यसको प्रत्यक्षदर्शी आफू भएको बताउने नवराज अर्याल नामका एक व्यक्तिको भनाइलाई लिएर यतिबेला सनसनी मच्चिएको छ । पत्रकार ऋषि धमलाको प्राइम शो ‘जनता जान्न चाहन्छन’ को मंगलबारको शोमा धमलाले ति अर्याल थरका व्यक्तिसँग यसै विषयमा अन्तर्वार्ता लिएका छन् ।
उनले धमलासँग निर्मला पन्तको बलात्कारबारे भनेका कुराले नेपाल सरकार र गृह प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ । निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी/बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।
अन्तर्वार्ताका क्रममा अर्यालले बलात्कार हुँदाको बखत आफू त्यही पुगेको र प्रत्यक्ष रुपमा देखेको बताएका छन् । उनले बलात्कारमा तीन जना सहभागी रहेको र तीनै जनालाई आफूले चिन्ने बताएका छन् । उनको भनाइअनुसार बलात्कार गर्ने तीन जनामध्ये एक जना कञ्चनपुरकै र दुई जना बाहिरका हुन् । उनीहरू राजनीतिक दल र उच्च कर्मचारीको संरक्षणमा छन् ।
स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबिन माग गरेका थिए । प्रहरीको विरुद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि सरकारले उक्त घटनाको लागि एक विशेष छानबिन समिति गठन गरेको थियो । तर अहिलेसम्म यो घटनाको वास्तविकता बाहिर आउन सकेको छैन । अन्तर्वार्तामा नवराज अर्यालले सो समयमा आफू नेकपा माओवादीका नेतृ तथा तत्कालीन मन्त्री बिना मगरको सवारी चालक रहेको र मगर घर जाँदा त्यहाँ पुगेर त्यो दृष्य देखेको बताएका छन् ।
उनले भनेका छन्,‘ मैले अहिलेसम्म १७ जना मन्त्रीको गाडी चलाइसकेको छु । त्यो बेला बिना मगरको गाडी चलाउँथे । मन्त्री मगरलाई घरमा छोडेर बाहिर घुम्न निस्किएको साँझको समयमा त्यो घटना देखिएको हो । निर्मला पन्थ साइकल लिएर उखुबारीको बाटो जाँदै थिइन । त्यो बेला ती तीन जना त्यहीँ थिए । उनीहरुले समाएर उखुबारीमा भित्र लगे र बलात्कार गरे, ती तीनै जना म चिन्छु ।’
उनले यो घटना भएको देखेको र काठमाडौं फर्किएर सिंहदरबारभित्र बलात्कारीका बाबुसँग भेट भएको बताएका छन । यसक्रममा आफूले बलात्कारीका बाउ यसरी हिँड्दा रहेछन् भनेपछि विभिन्न ठाउँमा आक्रमण भएको बताएका छन् । अर्यालले आफूले यो विषयमा वर्तमान गृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्री रवि लामिछानेदेखि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमानसिंह भेटेर कुरा गर्न खोज्दा भेट नदिएको बताएका छन् । उच्च प्रहरी अधिकारीले पनि यो विषयमा जानकारी लिन नमानेको उनको भनाइ छ ।
उनले सरकारले घोषित रुपमा आफ्नो सुरक्षाको ग्यारेन्टी लिने भनेको खण्डमा आफूले ति तीन जना बलात्कारीको नाम सार्वजनिक गर्ने बताएका छन् । उनले भनेका छन,‘ अहिले नै यो विषयले गर्दा मेरो ज्यानको सुरक्षा छैन, मलाई कति बेला आक्रमण हुन्छ र मारिन्छ भन्ने थाहा छैन । सरकारले ग्यारेन्टी लिन्छ भने म नाम सार्वजनिक गर्छु ।’ आफू प्रत्यक्षदर्शी भएका कारण धेरै दुःख पाएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार