बरियारपुरका किसानलाई धान र उखु भित्र्याउन भ्याइनभ्याइ
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १४:५४:३५
२८ कात्तिक, बारा । गढीमाई पञ्चवर्षीय मेलालाई लक्षित गरी बाराको बरियारपुरका किसानलाई धान तथ उखुबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
आगामी मङ्सिर १ गतेदेखि करिब एक हजार बिघामा सुरु हुने मेलामा करिब एक करोड भक्तजन आउने अनुमान गरिएको गढीमाई मेला व्यवस्थापन मूल समितिले जनाएको छ ।
मेलालाई भव्य बनाउन समिति, महागढीमाई नगरपालिका, गढीमाई ट्रष्टसहित विभिन्न समितिले किसानलाई बाली यथाशीघ्र भित्र्याउने सूचना गरेकाले आफूहरु धमाधम धान कटाइमा लागेको गढीमाई–१ का किसान जीतेन्द्र गुप्ताले बताए । परिवारको जनशक्तिबाट धान काटन सम्भव नभएपछि खेतला लगाएर कामलाई तीव्रता दिइएको उनले उल्लेख गरे ।
बरियारपुर, मैनीभसिया टोला, सेमरा तेगछिया, इनरर्वा, तेलकुवालगायत गाउँका किसानले खेतमा लगाइएको धान तथा उखुबाली काट्ने र भित्र्याउने कामलाई तीव्रता दिएका हुन् ।
मेलाप्रति सम्पूर्ण बरियारपुरवासीको मानसम्मानसँगै प्रतिष्ठासमेत जोडिएकाले निर्धारित समयमा बाली काटी खेत खाली गरेपछि मेला लाग्ने स्थान बनाउन सकिने भएकाले सम्पूर्ण किसानलाई काममा भ्याइनभ्याइ भएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताए ।
आगामी मङ्सिर २३ गते तान्त्रिक विधिबाट दिप प्रज्वलन गरी गढीमाई मन्दिरको पूर्वपठ्ठी रहेको ब्रम्हबाबाको मन्दिरमा पञ्च बलि दिएपछि मात्र बलिको सुरुवात हुने गरेको गढीमाई मन्दिरका मूल पुजारी मङ्गल चैधरीले जानकारी दिए ।
मेलाको सम्पूर्ण तयारी अगाडि बढाइरहेको मेला मूल समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख यादवले जानकारी दिँदै भारतसहित अन्य २० देखि २५ मुलुकका दर्शनार्थी मेलामा सहभागी हुने अपेक्षा गरिएको बताए ।
दर्शनार्थीका लागि बास, न्यानो बनाउन ठाउँठाउँमा दाउरा बाल्ने, सडक निर्माण, २७ स्थानमा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय निर्माण, बिजुली बत्तीको व्यवस्था, शुद्ध खानेपानी, भन्सारमा भारतीय गाडीलाई सहज रूपमा प्रवेश, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै दर्शन गर्ने लाइन, हजारौँको सङ्ख्यामा स्वयंसेवक परिचालन गर्नेगरी तयारी भइरहेको उनले उल्लेख गरे । मेलामा आउने भक्तजनका लागि सुरक्षाको प्रभावकारी व्यवस्था मिलाएको बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार