बुधबार १४.१२ अंकले घटेर २७३४ अंकमा रोकियो नेप्से, कारोबार रकम भने ७ करोड बढ्यो
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १५:३४:४४
२८ कात्तिक, काठमाडौं । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । बजार १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ । कुल ३०८ कम्पनीका एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ९१ करोड १९ लाख बराबरको कारोबार भयो ।
बजारको अंक घट्दा कारोबार रकम केही बढेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज कुठेली बुखेरी हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३३ करोड ८६ लाख ३३ हजार बराबरको कारोबार भएको छ भने पोखरा फाइनान्सको २५ करोड ८९ लाख बराबरीको कारोबार भएको छ ।
९९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ७ को स्थिर रह्यो । फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । समग्र बजार घट्दा यो सेक्टर ४.२ प्रतिशत बढ्यो । विकास बैंक १.४७ र हाइड्रोपावर सूचक ०.८१ प्रतिशत बढे । बैंकिङ १.३७, होटल तथा पर्यटन ०.०६, लगानी १.११, जीवन बीमा १.१९, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा १.२३, अन्य ०.८३ तथा व्यापार समूह १.६१ प्रतिशत घटे ।
रावा इनर्जीको ९.९१, बलेफी हाइड्रोपावरको ९.८८, सपोर्ट माइक्रोफाइनान्सको ९.१५ प्रतिशत मूल्य बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत मूल्य घट्यो । समाज लघुवित्तको ४.९३, एनएलजी इन्स्योरेन्सको ४.०४ तथा बुटवल पावरको मूल्य ३.६३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार