बाँकेमा कोदोको उत्पादन परीक्षण सफल
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १५:५२:३७
२८ कात्तिक, बाँके । नेपालगञ्ज बाँकेमा कोदोको उत्पादन परीक्षण सफल देखिएको छ । कोहलपुरमा रहेको सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा गरेको कोदोको उत्पादन परीक्षण सफल भएको हो ।
गत साउन महिनामा रोपिएको कोदो अहिले चिसापानीस्थित गाभर भ्यालीमा लहलह झुलेको अवस्थामा देख्न पाइन्छ । पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराईको बाँकेमा पनि फलेको देख्दा स्थानीयलाई आश्चार्य लाग्न थालेको छ ।
“कोदो तराईका जिल्लामा उत्पादन गर्ने योजनाका साथ परीक्षण गर्नका लागि हामीले साउनमा रोप्यौँ, अहिले कोदोको बाला लहलह लागेर काटने बेला भएको छ र स्थानीयले पनि अनौठो मानेका छन्”, सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतले भने। उनले नौ प्रजातिका कोदोको बीउ रोपेकामा एक–दुई प्रजातिबाहेक अन्य सबै राम्रोसँग फलेको बताए ।
स्थानीयको डेढ कट्ठा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न स्थानीय प्रजातिको बीउ परीक्षणका लागि रोपिएको जानकारी दिँदै बस्नेतले उत्पादन परीक्षण सफल भएकाले उत्साहित भएको बताए। उनका अनुसार पाँच प्रजाति जिन बैंकले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका जात छन् । “नार्कका प्राविधिकसँगको समन्वयमा हामीले सो परीक्षण गरेका थियौँ, मंसिर पहिलो साता उहाँहरु फिल्डमा आउने कुरा भएको छ, सो समयमा यसलाई टिप्ने योजना बनाएका छौँ”, बस्नेतले भने ।
उनले नार्कका प्राविधिकको सल्लाहमा तराईका अन्य स्थानमा रोप्न मिल्नेगरी यसको बीउ सिफारिस गर्ने योजना बनाएको समेत जानकारी दिए । नार्कका प्राविधिकको सिफारिसअनुसार तराईका जिल्लामा किसानलाई कोदो रोप्न प्रेरित गरिने बस्नेतको भनाइ छ । उनका अनुसार परम्पारगत बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको उत्पादन परीक्षण गरिएको हो ।
विसं २०७८ मा चिसापानीको गाभर भ्यालीमा पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको जिन बैंकका सचिवसमेत रहनुभएका घरबास सञ्चालक संघका महासचिव कृष्ण चौधरीले बताए । गाभर भ्यालीमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको देखिएकाले यहीँबाट परीक्षण उत्पादन सुरु गरिएको र सफल भएको उनको भनाइ छ ।
जिन बैंकले तराइमा कोदोको मात्र उत्पादन नगरेर रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार