सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १७:३३:१०
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सहकारीको रकम अपचलन बारे बयान लिएको छ ।
सीआईबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराएको हो ।
सीआईबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नी ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण , र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धी सोधपुछ गरेको बताइएको छ । गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन ।
ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए । धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको बताएका छन् । धनराजले आफू सहकारीका जोडिनु र श्रीमतीसँग भएको सम्बन्ध विच्छेद बारे बयान दिएको बुझिएको छ ।
सहकारी सम्बन्धी छानबिन गर्न बनेको विशेष समितिले पनि आफ्नो प्रतिवेदनमा धनराज माथि छानविन गर्नु पर्ने राय दिएको थियो । पूर्व कानुन मन्त्री समेत रहेका गुरुङ आज दिउँसो १२ बजेतिर सीआईबीको कार्यालय लाजिम्पाट पुगेर साँझ ५ बजे मात्र कागज गरेर निस्किएका थिए । बयानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उनले रुन्चे स्वरमा प्रहरी अधिकारी समक्ष भने, “के गर्नु सर ! यो सहकारीले मेरो श्रीमती पनि लग्यो, घर पनि लग्यो, इज्जत पनि लग्यो, ऋण पनि लगाएर गयो ।”
उनको पूर्वपत्नी ज्योति गुरुङ र अर्का आरोपी ज्योति बहादुर भण्डारी विरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भइसकेको छ । मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीका आधारमा धनराजमाथि छानबिन सुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुपन्देहीमा रवि लामिछानेको तेस्रो दिन, सरकारी वकिलको कार्यालयमा बयान जारी
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
मुस्ताङको स्याउ : बढ्दो माग, पुर्याउन धौधौ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
कात्तिक २९, २०८१ बिहिबार
नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक रुपमा बन्द रहने
कात्तिक २९, २०८१ बिहिबार
जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
कात्तिक २९, २०८१ बिहिबार
मंसिरभित्र काम सुरु नभए नारायणगढ-बुटवल सडकखण्डको ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
कात्तिक २९, २०८१ बिहिबार
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार