नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार २०:५२:३०
२८ कात्तिक, काठमाडौं । नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल खाएको थियो ।अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।
मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम
गोलकिपर : किरण कुमार लिम्बु 'सी', दीप कार्की, विशाल सुनार । डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ ।
फरवार्ड : जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
कात्तिक २५, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार