हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार ११:२:१२
२९ कात्तिक, काठमाडौं । हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलले ठूलो क्षति बेहोर्नुपरेको थियो । युद्धको क्रममा छ इजरायली सैनिकहरू मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिणी लेबनानमा भएको भिडन्तमा इजरायली सैनिकको मृत्यु भएको हो ।
योसँगै लेबनानमा हिजबुल्लाह विरुद्धको लडाइमा ज्यान गुमाउने इजरायली सैनिकको संख्या ४७ पुगेको छ ।इजरायली मिडियाका अनुसार बुधबार इजरायली सैनिकहरूले एउटा गाउँमा छापा मार्दा भवनमा लुकेका चार हिजबुल्लाह लडाकूहरूले सैनिकहरूमाथि गोली प्रहार गरेका थिए। यस हमलामा सैनिकहरूले ज्यान गुमाएका थिए। इजरायली सेनाको जवाफी हमलामा चारै हिजबुल्लाह लडाकुको पनि मृत्यु भएको छ ।
आक्रमणमा ज्यान गुमाएका सैनिकहरू इजरायली सेनाको गोलानी ब्रिगेडको ५१ औं बटालियनका सिपाही थिए । यसअघि अक्टोबर २ मा लेबनानमा भएको आक्रमणमा आठ इजरायली सैनिकको ज्यान गएको थियो ।
इजरायली सैनिकको मृत्युमा इजरायली रक्षामन्त्री काट्जले हिजबुल्लाहविरुद्धको युद्धमा कुनै ढिलाइ नहुने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सैनिकको मृत्युप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । इजरायलले सेप्टेम्बर २३ मा लेबनानमा हिजबुल्लाह लक्ष्यहरू बमबारी गर्न थालेको थियो ।
इजरायली सेनाले लेबनानबाट क्षेप्यास्त्र आक्रमण असफल भएको बताएको छ । इजरायली सेनाले हिजबुल्लाहलाई दक्षिणी लेबनानको लितानी नदी पार गर्न खोजिरहेको छ ताकि यसको सिमाना सुरक्षित गर्न सकियोस् । हिजबुल्लाहले बुधबार तेल अभिभमा रहेको इजरायली सेनाको मुख्यालयमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ । तर, इजरायली रक्षा मन्त्रालयले हिजबुल्लाहको दाबी अस्वीकार गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार