बेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार ११:७:४१
२९ कात्तिक, काठमाडौं । बेलायती अखबार द गार्डियनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अब कुनै पनि कुरा पोस्ट नगर्ने जनाएको छ ।
गार्जियनले एक्समा नकारात्मकता बढी भएको भन्दै अबदेखि आफ्नो आधिकारिक एकाउन्ट एक्समा कुनै समाचार पोष्ट नगर्ने बताएको हो ।
गार्जियनले भनेको छ- 'हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट 'एक्स' मा पोस्ट गर्न बन्द गरेका छौं । तर एक्स प्रयोगकर्ताहरूले हाम्रो रिपोर्टहरू साझा गर्न सक्छन् ।
यसको कारण बताउँदै द गार्डियनले लेखेको छ, ‘हामीलाई लाग्छ ‘एक्स’ मा अहिले धेरै नकारात्मकता छ । हामी हाम्रो पत्रकारितालाई थप प्रवर्द्धन गर्न स्रोतहरू राम्रोसँग प्रयोग गर्न सक्छौं ।'
अखबारले लामो समयदेखि यस बारे सोचिरहेको बताउदै प्रायः 'एक्स' मा विचलित पार्ने सामग्री पाइने बताएको छ । यसमा अति दक्षिणपन्थी प्रचार र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश रहेको गार्जियनले उल्लेख गरेको छ ।
द गार्डियनले भनेको छ- 'अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ कि 'एक्स' एक 'विषाक्त' प्लेटफर्म हो र यसको मालिक एलोन मस्कले राजनीतिक वातावरणलाई प्रभाव पार्न प्रयोग गर्न सक्छ ।'
यद्यपि, एक्सक प्रयोगकर्ताहरूले गार्डियन लेखहरू साझा गर्न भने सक्ने छन् । यस बाहेक द गार्डियनले पनि आफ्ना रिपोर्टरहरूले समाचार सङ्कलन गर्न एक्स प्रयोग गर्न सक्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
चीनको शेनझोउ मिसन सफल
कात्तिक १४, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उच्च र जिल्ला अदालतका १३ जना न्यायाधीशको सरुवा
मंसिर ६, २०८१ बिहिबार
अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश
मंसिर ६, २०८१ बिहिबार
जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान
मंसिर ६, २०८१ बिहिबार
अचानक पुटिनका गुरुले भारतलाई महान हिन्दू सभ्यताको पुनर्स्थापना गर्न आवश्यक छ किन भने ?
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री लेखक
मंसिर ६, २०८१ बिहिबार
सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार