शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार ११:११:६
२९ कात्तिक, काठमाडौं । भारतीय पूर्व ओपनर शिखर धवन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
कर्णाली याक्सले ३८ बर्षिय भारतीय पूर्व खेलाडी धवनलाई भित्र्याएको हो । धवन एनपीएल खेल्ने अहिलेसम्मका हाइप्रोफाइल क्रिकेटर हुन् । धवनले गत अगस्टमा भारतको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।
भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२० खेलेका धवनले आइपिएल टिम पञ्जाव किंग्सको कप्तानी पनि गरेका थिए । उनले आइपिएलमा पञ्जाव किंग्ससहित डेकन चार्जर्स, मुम्बई इण्डियन्स दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबाट खेलेका थिए ।
उनले भारतकालागि अन्तिम खेल २०२२ को डिसेम्बरमा खेलेका थिए । सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले यसअघि पाकिस्तानका अल राउण्डर हुसैन टलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चाडविक वाल्टनलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पहिलो नेपाल प्रिमियर लिग आगामी मङ्सिर १५ देखि पुस ६ सम्म टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिलकले आईसीसी वरीयतामा सूर्यकुमारलाई पछि पार्दै आफ्नो स्थान कब्जा गरे
मंसिर ५, २०८१ बुधबार
हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार