माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
रासस
कात्तिक २९, २०८१ बिहिबार ११:२८:१७
२९ कात्तिक, काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ ।
अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९०० किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको उक्त मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।
मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए । आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको उनले जानकारी दिए । ‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगका साथै सरकारी लगानी पनि छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा सङ्क्रमण भएकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने बताइन् । ह्युमनपापिलोमा सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो समयको अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध कायम गर्ने अधिक धूमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनेलाई हुने उनले बताइन् ।
सन् २०२२ मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार ५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिनु राज्यको दायित्व भएको बताउँदै मन्त्री पौडेलले आफ्नातर्फबाट हरसम्भव प्रयत्न गरिने बताएका थिए ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपदुखाई कम गर्न खाएको पेनकिलरले झन बढाउँछ दुःख
कात्तिक १६, २०८१ शुक्रबार
आयुर्वेदिक चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै
असोज ६, २०८१ आइतबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार