भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार १२:१६:१
२९ कात्तिक, काठमाडौं । भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर रहेकी ९४ वर्षीया विष्णुकुमारी त्वयना मृत भेटिएकी हुन् । उनको हत्या गरिएको प्रहरीको आशंका छ । त्वयनाको हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको हो ।
विष्णुको हत्या गरिएको आशंमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले । तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । त्वयनाको शव बुधबार साँझ ५ बजेको समयमा आफ्नै घरमा फेला परेको नेउपानेले जानकारी दिए । उनको शव आफू सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा मृत्त फेला परेको थियो ।
शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको नेउपानेले जानकारी दिए । उनको किन र कसले हत्या गरेको भन्ने पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ । घटनाको अनुसन्धान सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार