भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार १३:४३:५९
२९ कात्तिक, काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् ।
बुधबारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको हो ।
लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् ।
१३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको फिल्म ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो ।
२०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको यो फिल्मलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको सत्यराज आचार्यको भनाइ छ ।
यो फिल्ममा सत्यराज नै पिताको भूमिकामा छन् । फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो फिल्ममा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।
गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजन्मथलोमा गायक रामकृष्ण ढकाललाई ‘गायन सम्राट’ को उपाधि
माघ १८, २०८१ शुक्रबार
गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार
माघ १६, २०८१ बुधबार
कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुँदै
माघ १४, २०८१ सोमबार
तराईमा हुस्सु र कुहिरो, कस्तो रहला आज अन्य ठाउँको मौसम ?
माघ १९, २०८१ शनिबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार