सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार १६:१२:३४
२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद र पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता भएको छ । बुधबार अदालतको आदेशपछि अवहेलनाको मुद्दा दर्ता भएको हो । सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरूसहितका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्ने क्रममा अदालतको अपहेलना गरेको ठहरमा मुद्दा दर्ता भएको हो ।
अदालतबाट म्याद थप गरी थुनामा राखिएको घटनामा सडक प्रदर्शन गरेर रास्वपाका केन्द्रीय पदाधिकारीहरूले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुइँकेलका अनुसार रास्वपाका २० सांसद र नेता विरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी मंसिर ३ गतेका लागि तोकिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको हो । निवेदनमा भट्टराईले रास्वपा सभापति रवि लामिछाने प्रहरीको हिरासतमा हुँदा पनि पार्टीको सभापतिकै रूपमा प्रतिनिधित्व गरिरहेको र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद, पार्टीका सदस्य तथा शुभेच्छुकलाई संयमित हुन निर्देशन दिएको उल्लेख गरेका छन् ।
कात्तिक ४ गते कास्की जिल्ला अदालतमा पेस गर्दै गर्दा रविले कार्यकर्तालाई सरकार नढलेसम्म आन्दोलन जारी राख्न निर्देशन दिएका थिए । अधिवक्ता भट्टराईले त्यसलाई अदालतको कार्यसम्पादन निष्पक्ष नहुन दिन परोक्ष रूपमा रवि नै लागिपरेको पनि उल्लेख गरेका छन् ।
भट्टराईले रास्वपाका कार्यवाहक प्रवक्ता झाको अभिव्यक्ति नै उल्लेख गरी अदालतको अवहेलना आकर्षित हुने उल्लेख गरेका छन् । रास्वपाका कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले पोखरा भेलामा बोल्ने क्रममा ’न्यायाधीशलाई सोध्नुहोला, तपाईं कुन पार्टीको ?’ ...लगायत कुरा प्रत्यक्ष भनेका छन्, निवेदनमा भनिएको छ, सार्वभौम संसदको सांसद पद धारण गरेका विपक्षीहरूले अदालत प्रतिको जनआस्थालाई भत्काउने गरी सञ्चालन गर्दै आएको कार्यले विपक्षीहरूलाई थप सजाय हुनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार