प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार १६:२३:२५
२९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको छ । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको छ ।
भारतले स्वीकृति दिएसँगै कात्तिक ३० गते (भोलि) एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ । नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्न पाउने सम्झौता छ । अन्तिम समयमा स्वीकृति पाएसँगै शुक्रबार दिउँसो बिजुली पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् । भारतले स्वीकृत नदिएका कारण विद्युत निर्यातको विषय अलमलमा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार