रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कास्की प्रहरीद्धारा रवि लामिछानेसहित एकाघरका नातेदारको बैंक खाता र सम्पति रोक्का गर्न बैंक र मालपोतमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार १६:५६:४८
२९ कात्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आजको बयानमा २ करोड रकम आफ्नो खातामा आएको स्वीकार गरेका छन् । उनले आफ्नो खातामा आएको २ करोड रकम आफूले झिकेर चलाएको तर, सो पैसा कसले र किन पठाएको हो भन्ने कुरा जानकारी नभएको बताएका छन् ।
उनको बयानमा संलग्न एक अधिकारीलाई उधृत गर्दै स्रोतले भन्यो, ‘रविले बयानका क्रममा १ करोड ९६ लाख रकम आफ्नो खातामा आएको बताए । उनले १ करोड ९६ लाख रकम झिकेर पनि चलाएको तर कसले पठाएको भन्ने थाहा नभएको बताए । यसबाट उनले सहकारीको रकम ठगीमा संलग्न भएको भन्ने प्रष्ट भयो, स्राेतले भन्याे ।’ अनुसन्धान र बयानका क्रममा प्रहरीले सम्पति शुद्धीकरण अन्तर्गतको मुद्दामा नयाँ विषय पत्ता लगाएको पनि बताइएको छ । तर, त्यो विषयलाई प्रहरीले गोप्य नै राखेको छ ।
उनले नेपालमा बसेर छोटो समयमा नै विदेशमा धेरै पैसा पठाएको तथ्य पनि प्रहरीले पत्ता लगाएको छ । लामिछानेको रूपन्देहीमा तीन दिनको बयान सकिएको छ । पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेका छन् । आजको बयानमा उनले १ करोड ९६ लाख भने आफूले चलाएको बताएका हुन् ।
अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको बताउँदै आएका थिए । हरेक प्रश्नको सहजै जवाफ दिएका उनी २ करोडमा भने फुत्किएका थिए । उनलाई आजै पोखरा पठाइने भएको छ । २६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार रूपन्देही ल्याइएको थियो ।
यसैबीच कास्की प्रहरीले रवि लामिछानेसहित एकाघरका नातेदारको बैंक खाता र सम्पति रोक्का गर्न बैंक र सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार पनि गरेको छ । उनको रुपन्देहीमा बयान सकिएर कास्की ल्याएपछि प्रहरीले अन्य विषयमा थप मुद्दा चलाउने तयारी गरिरहेको छ । सम्पति शुद्धीकरणको मुद्दा पनि सँगसँगै अगाडि बढाउन लागिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार