गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार २०:४८:५१
२९ कात्तिक, बारा । महागढीमाई नगरपालिका–१ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी धमाधम भइरहेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेला सञ्चालनको तयारी चुस्त बनाइँदै लगिएको जानकारी दिए ।
एक हजार बिघा क्षेत्रमा लाग्ने मेलामा ४० वटा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय, एक हजारभन्दा चापाकल जडान, दर्जनौँ बोरिङ, दुई हजार सात सय पसल, तीन वटा हेलिकप्टर, १० वटा भेन्टिलेटरसहितको दक्ष चिकित्सकद्वारा उपचार गर्ने सुविधा सम्पन्न अस्थायी अस्पताल निर्माण, दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिने गरी तयारी भइरहेको अध्यक्ष यादवले बताए । “मेलामा पर्नसक्ने आकश्मिक विपद्का लागि पूरै तयारी गरिएको छ”, उनले भने ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महागढीमाई मेला समितिको तर्फबाट अस्थाई अस्पताल निर्माण कार्य गर्ने भएको छ । शुद्ध खानेपानीको काम प्रदेश र सङ्घ सरकारले आफ्ना प्राविधिक खटाएर कामको थालनी तीव्र रुपमा गरिरहेको उनले जानकारी दिए।
भारतबाट मेलामा आउने भक्तजनका लागि आजैदेखि रक्सौल, मटियर्वा सिम्रौनगढ, गौर नाकाबाट हलुका सवारीसाधनलाई बिना शुल्क प्रवेश गर्नेगरी सहज तुल्याएको नगरपालिकाका नगरप्रमुखसमेत रहेका मेला समितिका अध्यक्ष यादवले भने । उनका अनुसार ठूला गाडीको हकमा भन्सार गराउने तर साना सवारी साधनलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
भारतको विभिन्न ठाउँबाट आउने भक्तजनको सुविधाका लागि कम्तीमा रेल भडामा ५० प्रतिशत छुट गर्नका लागि भारतीय उच्च अधिकारीसँग कुरा भइरहेको अध्यक्ष यादवले जानकारी दिए । उनले कठमाडौँबाट सिमरासम्म आउने हवाई जहाजलाई बढाउनका लागि छलफल भएको र मङ्सिर १० गते देखि ४० देखि ५० वटा उडान गराउने प्रतिबद्धता आएको बताए ।
पचास लाखभन्दा बढी भक्तजनलाई ‘फ्रि वाइफाइ’ सुविधा मेलाको चार किल्लाभित्रमा मेला अवधिसम्म नेपालमा रहेको विभिन्न नेट कम्पनीबाट उपलब्ध गराउने प्रतिबद्धता आएको बताए । भक्तजनका लागि महागढीमाई नगरपालिका र बारा जिल्ला भरका आमनागरिकले आफ्नो गच्छेअनुसार निःशुल्क रूपमा खाना र बस्न व्यवस्थापन गर्नेछन् ।
फरक प्रसङ्गमा समितिका अध्यक्ष यादवले बली गर्न आफूहरू कसैलाई प्रेरित नगर्ने भएको र स्वतः स्फूर्त रूपमा बली लिएर मातामा चढाउने आउने भक्तजनको बलीको व्यवस्थापन समितिले गर्ने सोच गरेको बताए । केही समूह मेला भाँड्न लागिपरेको बताउँदै उनले माताको महिमाले कुनै हालतमा मेला नभाडिने कुरामा आफू र माताप्रति अस्थावान भक्तजनको बुझाइ स्पष्ट पारे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार