संघीय सरकारलाई महानगरको फोहोरमाथि राजनीति नगर्न मेयर बालेनको चेतावनी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार ११:१:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/Balen_7.png_diTCp4vUJP_gQ782FYo2q.png)
३० कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति नगर्न चेतावनी दिएका छन् । अब राजनीति गर्ने समय सकिएको भन्दै उनले व्यवस्थापनमा सघाउने समय आएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध पाखा लागेको बताएका हुन् ।
बालेनले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा लगातार प्रयास गरेको भएपनि सधै अवरोध भइरहेको भन्दै महानगरले भारतको इन्दोरमा रहेको फोहोर व्यवस्थापनको मोडल अनुसार काम गर्ने स्पष्ट गरेका छन् । साथै बालेनले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको भन्दै राजनीतिक दाउपेच छोडेर महानगरलाई साथ दिन अपिल समेत गरेका छन् ।
बालेनले भनेका छन्ः
हामीले चुनाव पहिले काठमाण्डौको फोहोरसम्बन्धि धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यहि अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ ।
नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ । त्यहाँका असफलता नि हेर्यौँ । त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ ।
फोहोरका किसिम होस् या समाजको फोहोर व्यवस्थापनको सोच होस्, अथवा विगतमा पाएको फोहोरको समस्या होस्, इन्दोर धेरै कुरामा हाम्रो लागि उपयुक्त नमूना थियो । हामीले इन्दोरको मोडल नेपालमा स्थापना गर्न त्यहाँका विज्ञहरूसँग विगत एकबर्षदेखि परामर्शदाताकारूपमा निकट भएर काम गरिरहेका छौँ । केहि पहिले प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँ उता गएर हामीले पनि यस्तै गर्न सकिने रैछ भन्नु भएको थियो । अनि काठमाण्डौ बाहेक धेरै नगरपालिकाहरू पनि त्यो मोडल हेरेर चित्त बुझेर त्यो मोडलमा काम गर्न खोज्दै हुनुहुन्छ । तर कसरी जम्मा गर्ने, कसरी व्यवस्थापन गर्ने उपयुक्त कार्यविधि र कानून नै थिएन ।
हामीले कानून बनायौँ । अनि त्यस्को कार्यान्वयनको तिर लाग्यौँ । तर विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भइरह्यो । त्यहि पनि हामीले केहि वडाबाट पाइलट प्रोजेक्ट शुरू गर्यौँ । फोहोरलाई वर्गीकरण गर्ने त्यो वडाहरूमा सफलतापुर्वक काम हुँदैछ भने अर्गानिकलाई मल बनाउने काम पनि हुदैछ । हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ ।
तर त्यसमा नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गर्न पुग्यो । त्यो कम्पनीले काठमाण्डौको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरिरहेको पहिलो पटक थिएन । राज्यको सबै स्रोत साधन प्रयोग गरेर गरैकानुनि रुपमा अर्बौ कमाउने उक्त कम्पनी को स्वार्थ सधै हाबी रहयो ,यति सम्मकि प्रचण्ड प्रधानमन्त्री हुदा चिन जादा समेत उक्त कम्पनी बारे चर्चा भएको थियो ।
एक पटक त्यहि कम्पनीको सौजन्यमा बसेको बैठकले अघिल्लो बैठकमा उसलाई नदिने निर्णय भए पनि त्यहि कम्पनीको सौजन्यमा उपत्यका मेयर्स फोरमको बैठक बसेको थियो । मैले त्यसको सार्वजनिक असहमति प्रकट गर्दै मैले १ नोभेम्बर २०२३ मा लेखेको थिएँ, ’१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’
उक्त कम्पनी र छिमेकी नगरपालिकाहरूको असहयोगसँगै काठमाण्डौको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो ।
संघीय सरकार र छिमेकी नगरपालिकाले उक्त कम्पनीकोलाई नै फोहोरको जिम्मा दिएर काठमाण्डौको फोहोरमा एकाधिकार लाद्ने र कहिलै दिगो समाधान नहुने बाटोमा लागे पनि हामी त्यसलाई वैधानिकरूपमा नै तोड्न क्रियाशील छौँ ।
यसैले हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ । त्यसमा नेपवेस्टमार्फत मुद्दा हालियो । तर, सम्मानित अदालतले यो अधिकार काठमाण्डौ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ । अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ । फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुनः जानकारी गराउँछौँ । यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पुर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ ।
हामी स्पष्ट छौँ, काठमाण्डौको फोहोरको दिगो समाधान सम्भव छ । यो काठमाण्डौबासीको अधिकारको कुरा हो । हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको बिषय हो । हामी समस्या समाधानको बाटोमै छौ अबरोध अझै आउन सक्छन तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडी बदनेछौ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
मौद्रिक नीतिमा समस्याः ६० खर्ब कसरी खर्च गर्ने ?
फागुन ८, २०८१ बिहिबार
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट
फागुन ८, २०८१ बिहिबार
पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार
फागुन ८, २०८१ बिहिबार
निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार
मौद्रिक नीतिमा समस्याः ६० खर्ब कसरी खर्च गर्ने ?
फागुन ८, २०८१ बिहिबार
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट
फागुन ८, २०८१ बिहिबार
पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार
फागुन ८, २०८१ बिहिबार
निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार
मौद्रिक नीतिमा समस्याः ६० खर्ब कसरी खर्च गर्ने ?
फागुन ८, २०८१ बिहिबार
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट
फागुन ८, २०८१ बिहिबार
पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार
फागुन ८, २०८१ बिहिबार
निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता
फागुन ८, २०८१ बिहिबार