प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १२:१४:४८
३० कात्तिक, काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति रोक्का गर्न पत्रचार भएको छ । सहकारी ठगीका सबै अभियुक्तहरू सहित लामिछानेको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको नेपाल प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
कास्की प्रहरीले भने यसलाई गोप्य राखेको छ । प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भएको छ । ‘सूर्यदर्शन सहकारी ठगीमा आरोप लागेका सबै आरोपीहरुको बैंक खाता, शेयर, जग्गाजमिन लगायत सम्पत्ति कारोबार गर्न नमिल्ने गरी रोक्का गर्न पत्राचार गरिएको छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।
पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौथो पटक म्याद थप्ने क्रममा कास्कीका जिल्ला न्यायाधीश नवराज दाहालले अभियुक्तको सम्पत्ति रोक्का भए/नभएको बारे चासो राखेपछि प्रहरीले सोमबार नै सम्पत्ति रोक्काको लागि पत्राचार गरेको हो । तर यसलाई गोप्य राख्न चाहेका कारण बाहिर आएको छैन । इजलासमा न्यायाधीश दाहालले सहकारी पीडितको रकम फिर्ता कसरी हुन्छ र बिगो के छ ? अभियुक्तहरूको धन सम्पत्ति के छ ? भनेर अनुसन्धान अधिकृतलाई सचेत गराएपछि प्रहरीले सम्पत्ति रोक्काको प्रकृया अघि बढाएको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत लामिछानेमाथि अनुसन्धान भइरहेको छ।
अभियुक्तको सम्पत्ति रोक्का राख्न अनुसन्धान अधिकृतले मालपोत, बैंक लगायत सम्बन्धित निकायमा पत्राचार गरिएको छ । अदालतबाट दोषी ठहर भएका व्यक्तिले आफ्नो भागमा परेको बिगो तिरेन र उसको नाममा सम्पत्ति पनि भएन भने त्यसको दायित्व परिवारमा सर्ने कानुनी प्रावधान रहेकाले अहिलेलाई सबै अभियुक्तको सम्पत्ति रोक्का गरिएको प्रहरीको भनाई छ । मुलुकी देवानी संहिता कार्यविधि अनुसार दोषी ठहर भएका व्यक्तिका परिवारमा उक्त दायित्व सर्ने प्रावधान रहेको छ ।
पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी ढंगले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम लगेर हिनामिना गरेको आरोप लामिछानेमाथि छ । उनीसँगै पूर्वडीआइजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाई लगायतमाथि अहिले अनुसन्धान भइरहेको छ । कास्कीमा सूर्यदर्शन, इमेज, बलिदानी, शि शिखर, प्राइम, मित्रमिलन र विन्ध्यवासिनी सहकारीमा ठगी भएको भन्दै मुद्दा अदालत पुगेको छ । यी सहकारीहरूबाट करिब ४ अर्ब हिनामिना भएको छ ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईका जेठा दाजु अनन्तबावु राईका अतिरिक्त दीपक लामा, विशाल तामाङ र काठमाडौँ महानगरपालिका–३२ घर भएकी रविना रिमालविरुद्ध कास्की र रुपन्देही दुवै जिल्लामा अनुसन्धान चलिरहेको छ । रिमाल पनि गोर्खा मिडिया नेटवर्ककी सञ्चालिका हुन् । विशाल तामाङ रुपन्देहीमा कांग्रेसको राजनीति गर्छन् । अब्दुल रज्जाक लुम्बिनी प्रदेशको मन्त्री हुँदा तामाङ स्वकीय सचिव थिए । तामाङ जीबी गुप्र अफ कम्पनिजको शेयर सदस्यसमेत हुन् । सुप्रिमबाट उनले ऋणबापत २५ लाख र पेस्कीबापत ९९ लाख लिएको भेटिएको छ । तामाङले ग्रेजी स्पोन रेस्टुरेन्टमा सहकारीको रकम १५ लाख लगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पक्राउ गरेर थुनामा राखिएको छ । उनीहरू जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । तनहुँको भानु नगरपालिका–८ बगालेफाँट घर भएका ४८ वर्षीय राम बहादुर खनाल नेचर हर्ब्सका सञ्चालक हुन् । नेचर हर्ब्समा सूर्यदर्शनको ३ करोड रकम गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अदालतबाट पक्राउ अनुमति जारी भएर फरार रहेकाहरूको सूचना सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
सूर्यदर्शनको रकम हिनामिनाको आरोपमा पुर्जी जारी भएपछि फरार हुनेमा विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्धिकी, दीपक लामा, अनन्त बावु राई, राम बहादुर खनाल, देवेन्द्रबावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीर बहादुर रानाभाट, दीपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् । ओमप्रकाश गुरुङ बुटवल–८ का स्थानीय हुन् । सुप्रिम सहकारीको अध्यक्षसमेत रहेका गुरुङविरुद्ध सूर्यदर्शनको रकम हिनामिना गरेको कसुरमा पनि पुर्जी जारी भएको छ । काठमाडौँ महानगरपालिका–३२ घर भएका नविन अछामी गोर्खा मिडियाका सञ्चालक र स्वर्णलक्ष्मी सहकारीको म्यानेजर हुन् ।
असरफ अली सिद्धिकी रुपन्देहीका स्थानीय हुन् । सिद्धिकी गोर्खा मिडिया र सानोपाइला सहकारीको सञ्चालक थिए । ओखलढुंगा घर भएका देवेन्द्र बावु राई भने जीबी राईको माइलो दाइ हुन् । उनी पनि गोर्खा मिडियाका सञ्चालक थिए । चितवनको भरतपुर–१३ घर भएका वीरबहादुर रानाभाट सहारा सहकारीका अध्यक्ष हुन् । चितवनस्थित सहारा सहकारीको लेखा अधिकृत दीपा न्यौपाने भरतपुर–१२ की स्थानीय हुन् । दैलेख घर भएकी कल्पना कुमारी श्रेष्ठ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीकी पूर्व अध्यक्ष हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार