हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १२:२५:३१
३० कात्तिक, काठमाडौं । हनी ट्र्यापमा जोडिएका एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान व्युरोले बयान लिएको छ । व्यापारीलाई हनी ट्रयापिङमा फसाएर प्रहरीकै मिलेमतोमा ३० लाख असुलिएको घटनाको अनुसन्धानका क्रममा एसपी थापालाई बयान लिएको हो ।
एसपी थापा योजनाकार समूहका केही व्यक्तिसँग नजिक देखिएपछि प्रहरीले कारवाहीको लागि बयान लिएको हो । यतिबेला उनलाई जोगाउने प्रयास भइरहेको छ । सरकारी वकिल कार्यालयको निर्देशनमा प्रहरीले उनको बयान कागज गरेको हो । ‘उनले आरोप अस्वीकार गरेका छन् इन्स्पेक्टर बिनु शाही बारे केही थाह नभएको जवाफ दिएका छन्’, सीआईबी स्रोतले भन्यो
गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा मोरङका एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो । जसमा प्रभागकी तत्कालीन प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको समेत मिलेमतो थियो । निलम्बनमा परेकी उनी डेढ महिनादेखि फरार रहेकी छिन् । उनको पक्राउमा प्रहरीले चासो दिएको छैन । उनका चालक रहेका सहायक हवल्दार महेन्द्र हमाल र गिरोहका ताज इस्लाम, सुष्मा विक र भिमादेवी थापालाई प्रहरीले पक्राउ गरी संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ ।
इन्स्पेक्टर शाही र इटहरीका दर्शन पोखरेलविरुद्ध समेत पक्राउ पुर्जी जारी भएपनि फरार नै छन् । एसपी थापाले नै ताज इस्लामको समूहलाई इन्स्पेक्टर शाहीलाई भेटाएको देखिएपछि अहिले थापामाथि अनुसन्धान शुरु भएको हो । पैसा लेनदेनपछि पनि इस्लाम र एसपी थापाबीच डेढ घन्टा कुराकानी भएको थियो । जसकारण उनको समेत यसमा योजना देखिएको छ ।
साथै गत जेठमा ठेकदार विदुर शर्मालाई दरबारमार्ग वृत्तमा त्यसैगरी फसाइएको घटनामा समेत उनको मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ । एसपी थापालाई प्रहरी प्रधान कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीले यसै साता मुद्दा अदालतमा बुझाउने प्रयास गरेको छ । सीआइबीले ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरि अधिकारीमाथि पनि छानवीन गरिरहेको छ । अधिकारीले भने निलम्बित इन्स्पेक्टर शाहीलाई छोइछिटो गरेको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार