मुक्तिनाथ विकास बैंकद्धारा लायन्स क्लबलाई सहयोग
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १२:२७:५५
प्रकाश डोटेल
३० कात्तिक, स्याङ्जा । मुक्तिनाथ विकास बैंकले लायन्स क्लव अफ स्याङ्जा टाउनलाई सहयोग गरेको छ । बैंकले क्लबलाई टिर्सट र जकेट गरी झण्डै ४० हजार बराबरको सामग्री सहयोग गरेको हो ।
सहयोग सामग्री हस्तन्तरण गर्दै मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले स्याङ्जाबाटै स्थापना भएको मुक्तिनाथले समाज सेवामा स्थानीयसँग हातेमालो गर्दै अगाडी बढेको बताए । उनले सामाजिक सेवामा मात्रै नभएर बैंकले वित्तीय कारोबार समेत व्यवसायीसँग हातेमालो गर्दै आएको सुनाए ।
बैंकले स्थापना कालदेखि खासगरि महिलाहरूको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सुनाउँदै संचालक लम्सालले भने, “लघुबित्त र आधुनिक बैंकिङ प्रणालीबाट बैंकले समाजका हरेक बर्गसँग सहकार्य गरेको छ ।”
लायन्स क्लब अफ स्याङ्जा टाउनका अध्यक्ष सुनिता पौडेल गौतमले बैंकले बित्तिय कारोबारका अलवा सामाजिक सेवा पु¥याएको योगदानको चर्चा गर्दै महिला तथा व्यवसायीको हितमा बैंकले गरेको बित्तीय सेवालाई प्रभाबकारी बनाउँदै अगाडी बढाउनु आग्रह गरिन ।
मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखाद्धारा आयोजित कार्यक्रम संचालन शाखा प्रमुख डम्बरबहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा रोयल बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गर्दै आएको विभिन्न सहयोग अनुरुप क्लबलाई जकेट र टिर्सट प्रदान गरेको हो । स्याङ्जामा प्रधान कार्यालय रहने गरी २०६३ मा स्थापना भएको बैंक हाल नेपालकै उत्कृष्ट बैंकको रुपमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
कात्तिक ३०, २०८१ शुक्रबार
मुक्तिनाथ विकास बैंक साफा बीपीए अवार्डद्धारा दोस्रो पटक सम्मानित
कात्तिक २७, २०८१ मंगलबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिएर रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
आज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि
कात्तिक ३०, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार