पर्यटन प्रवर्द्धन गर्न लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १४:२८:५
३० कात्तिक, सुन्दरबजार 'लमजुङ' । लमजुङको मस्र्याङ्दी गाउँपालिकाको आयोजनामा सुरु भएको दोस्रो मर्स्याङ्दी महोत्सवअन्तर्गत आज जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न भएको छ ।
जगत तातोपानी व्यवस्थापन समितिका अध्यक्ष अदम सिं गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्देश्य तातोपानी कुण्डमा पर्यटन प्रवर्द्धन गर्नु रहेको गाउँपालिकाले जनाएको छ ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यस्ता धार्मिक, सांस्कृतिक महोत्सव तथा मेलाले स्थानीय कला, संस्कृति, परम्पराको संरक्षण गर्नुका साथै पर्यटकीय स्थानलाई विश्वसामु चिनाउन सहयोग पुग्ने बताए ।
अध्यक्ष गुरुङले महोत्सवले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनको बिक्री वितरण र बजारीकरणमा सहयोग पुग्ने भएकाले अर्थतन्त्रको चलायमान हुने उल्लेख गरे । विभिन्न संघसंस्थासँग सहकार्य गरेर महोत्सव सम्पन्न गरिएको भन्दै यसले पालिकाको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानीय परम्परा संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति, मारुनी नाच प्रस्तुत गर्नुको साथै कुण्डमा अतिथिका लागि स्नान कार्यक्रम आयोजना गरिएको थियो । पर्यटकीय पदमार्गमा यहाँ पर्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरूको उपस्थिति थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरू, वडा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, लमजुङ भ्रमण वर्ष २०८१ का पदाधिकारी, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, सुरक्षाकर्मी र जिल्लाका क्रियाशील पत्रकारको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
ऊर्जा मन्त्रालयले दुई पटक गरी मागेको २१ बुँदे स्पष्टीकरणको घिसिङले दिएनन् जवाफ
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
गौशाला क्षेत्रका अतिक्रमण संरचनामा महानगरले चलायो डोजर
कात्तिक ३०, २०८१ शुक्रबार
दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार