विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १५:१५:२९
३० कात्तिक, काठमाडौं । विश्वकपमा छनौट भएको नेपाली यू–१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् । विश्वकपमा छनोट इतिहास रच्न सफल भएकोमा महिला टोलीका सदस्यहरुलाई आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका हुन् ।
ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू–१९ महिला टिमलाई १० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाली महिला यू–१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा छनौट भएर इतिहास बनाएको थियो ।
आगामी मङ्सिर १५ देखि शुरु हुने एनपीएलमा बिराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लाइन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सगरी आठ फ्रेन्चाइजीले भाग लिदै छन् । विश्वकपमा छनौट नेपाली यू–१९ महिला टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि जनही साढे २ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार