गौशाला क्षेत्रका अतिक्रमण संरचनामा महानगरले चलायो डोजर
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १५:३५:२९
३० कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर लगाएर हटाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचनामा शुक्रबार महानगरपालिकाले डोजर चलाएको हो ।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले जनाएको छ । अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो ।
गौशालामा महानगरको डोजर चलिरहँदा स्थानीयले अवरोध गर्न खोजेका थिए । अभियन्ता सुमन सायमी डोजर अगाडि सुतेपछि प्रहरीले उठाएर गौशाला प्रहरी वृतमा लगेको छ । नगरप्रहरीले चक्रपथ सडक सीमा मिचिएको भन्दै घरहरुमा डोजर चलाइरहेको छ । डोजर आउनासाथ स्थानीयवासीहरुले विरोध गरे पनि नगर प्रहरीले काम भने रोकेको छैन् ।
घरमा भत्काउने काम जारी रहँदा अचानक सायमी डोजर अगाडि आएर सुतेका थिए । सुरुमा थोरै भत्काउने भनिए पनि पछि सिंगै घरमा डोजर चलाइएको थियो । स्थानीयको प्रतिकारका बाबजुत पनि महानगरको टोलीले भत्काउने काम अगाडी बढाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार