उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १७:५३:२९
३० कात्तिक, काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।
आगामी मंसिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् । मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
यसैबीच आयोगले सहसचिव नीता पोखरेल अर्याललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आयोगको आजको निर्णयानुसार अर्याललाई प्रवक्ता तोकिएको सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
अनलाइनमा बालयौन दुव्र्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
भ्यालेन्टाइन डेमा अनमोल र दयाहाङ आमने सामने
कात्तिक ३०, २०८१ शुक्रबार