गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १८:२५:४
३० कात्तिक, राँझा 'बाँके' । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन् ।
“लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका साइलाले भने, “सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छभने त्यसको मूल्य रु २५–३० हजार भइहाल्छ ।”
जानकी गाउँपालिका–६ कपासीबाट भेडा जुधाउन आएका सर्नाम खाँ यो खेल सौखका लागि हुने गरेको बताउछन् । “भेडा लडाउने हाम्रो सौख हो, पाल्ने, लडाउने हारेपछि बुच्चडलाई दिने”, खाँले भने, “लडाकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।”
उनका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडा गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु ३० हजार पर्छ ।
भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरेको जानकी–४ का भेडापालक किसान दौलतप्रसाद यादवले बताए ।
मेलामा भेडापालक किसान स्वस्फूर्त रूपमा भेडा जुधाउन आउने गरेको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक टीकाराम यादवको भनाइ छ । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उनले बताए ।
जानकी गाउँपालिका–५ स्थित गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुगेका शालिकराम यादव प्रत्येक वर्ष आउने गरेको बताउछन् ।
गुरुवागाउँका ९५ वर्षीय भगौतिप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखि नै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउछन् । “पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैन्थ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएका छन्”, उनले भने ।
भेडा जुधाइ शनिबारसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनी विकास कोषले पारित गर्यो साढे ७७ करोड बजेट
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता
कात्तिक २३, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
अनलाइनमा बालयौन दुव्र्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
भ्यालेन्टाइन डेमा अनमोल र दयाहाङ आमने सामने
कात्तिक ३०, २०८१ शुक्रबार
प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा
कात्तिक ३०, २०८१ शुक्रबार
अर्बौं वर्षअघि चन्द्रमाको टाढाको भागमा ज्वालामुखी विस्फोट : अनुसन्धान
कात्तिक ३०, २०८१ शुक्रबार