भ्यालेन्टाइन डेमा अनमोल र दयाहाङ आमने सामने
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १९:२१:२
३० कात्तिक, काठमाडौं । आगामी फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा अनमोल केसी र दयाहाङ राई आमने सामने हुने भएका छन् । अनमोल र दयाहाङका फिल्म फागुन २ गते एकसाथ रिलिज हुने भएपछि दुवै सुपरस्टार आमने सामने हुने भएका हुन् ।
अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । शुक्रबार ‘दुःखी आत्मा’ले फागुन २ गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि दुवै सुपरस्टारको भिडन्त तय भएको हो ।
यसअघि ‘जेरी अन टप’ को निर्माण टिमले छायांकनमा जानुभन्दा अघि नै ‘भ्यालेन्टाइन डे’ को रिलिज मिति घोषणा गरेको थियो । अहिले यो फिल्म छायांकनमा रहेको छ । त्यस्तै ‘दुःखी आत्मा’ भने छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनमा रहेको छ ।
दयाहाङ र अनमोलबीच बक्स अफिसमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको भएपनि दुवै फिल्ममा प्रमुख भूमिकामा रहेकी अभिनेत्री आँचल शर्मालाई भने सकस हुने भएको छ ।
निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुःखी आत्मा’ मा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतको अभिनय छ ।
त्यस्तै फिल्म ‘जेरी अन टप’ मा अनमोलसँगै केदार घिमिरे 'माग्ने बुढा', विपना थापा, अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ लगायतको अभिनय रहेको छ । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतको पनि अभिनय रहको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
‘अचम्मै पो भो ! हिउँ नै परेन’
पुष ७, २०८१ आइतबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार