स्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार २०:२०:५९
३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट चुनाव लड्ने कोशी र गण्डकी प्रदेशका उम्मेदवार सर्वसम्मत रूपमा चयन गरेको छ ।
कोशी प्रदेशको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडाध्यक्ष पदमा भीमकुमार लक्सम्वा, झापा कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदमा रामगोपाल वली, मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बलराम सरदार, तेह्रथुम लालीगुराँस नगरपालिका८ को वडाध्यक्ष पदमा नगेन्द्र लिम्बू, सुनसरी जिल्ला गढी गाउँपालिका– ६ को वडाध्यक्ष पदमा तेतर साह, ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा टेकराज भट्टराई, ओखलढुङ्गा मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा घनश्याम दाहाल, उदयपुर त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष पदमा सञ्जीव काफ्ले र बेलका नगरपालिका–९ को वडाध्यक्ष पदमा नवराज बस्नेतलाई सर्वसम्मत चयन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी गण्डकी प्रदेशअन्तर्गत गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा भाइकाजी आलेलाई सर्वसम्मत चयन गरिएको पनि जनाइएको छ । पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनको मैदानमा सामेल हुन कांग्रेस केन्द्रीय कार्यालयले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार