राज्माखेतीमा ढुसीको सङ्क्रमण
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार २१:५८:५०
३० कात्तिक, चितवन । जिल्लाको खैरहनी नगरपालिकामा लगाइएको राज्माखेतीमा ढुसीको सङ्क्रमण देखिएको छ । खैरहनी नगरपालिका वडा नं ५, ६, १० र १३ मा जरा कुहिने, ओइलाउने रोग देखिएकामा रोगी बोटको नमूना खैरहनी नगरपालिकाको ल्याबमा कल्चर गरी अध्ययन गर्दा फ्युसारियम, पाइथ्यम र राइजोक्टोनियाजस्ता ढुसी देखिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।
पालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेका अनुसार किसानले बीउ रोपेको १५ देखि २० दिनमा राज्माको बोटमा ढुसीको सङ्क्रमण देखिएको हो । उनले भने, “किसानहरू राज्मामा रोग लाग्यो भनेर पालिका आउनुभएको छ । हामीले खेतबाट नमूना ल्याई ल्याबमा कल्चर गरी अध्ययन गर्दा राज्मामा ढुसी देखिएको पाइयो ।” हाल देखिएको ढुसीको समयमा उपचार गरेमा उत्पादनमा कुनै असुर नगर्ने न्यौपानेले बताए । उनले विज्ञको परामर्श लिएर उपचार गर्न किसानलाई सुझाव दिइएको बताए ।
अधिकृत न्यौपानेले ढुसीको सङ्क्रमण मुख्यतः सङ्क्रमित बीउ, माटो र हावापानीका कारणले हुने बताउनुभयो । खेती लगाउँदा राम्रोसँग बीउको उपचार गरेर मात्र लगाउन उनको आग्रह छ । हाल ढुसी पहिचान भएको बालीमा सरसफाइ गरी बेलुका वा शीतल समयमा ‘ट्राइकोड्रमा’ वा ‘स्युडोमोनस’ जैविक विषादी ५–१० ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्ने र यदि रासायनिक विषादी प्रयोग गर्ने भएमा ‘कार्वेडाजिम’ ५० प्रतिशत ‘डब्लुपी’ विषादी एक ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्न सकिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार