कर दिवसमा विभिन्न कार्यालयका १० कर्मचारी सम्मानित
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १२:५:३९
१ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ । विभिन्न कर कार्यालयका कर्मचारी पनि सम्मानित भएका छ । राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरिएको छ ।
यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल टेलिकम बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् । यस्तै अन्य विभिन्न कम्पनीहरु पनि सम्मानित भएका छन् । सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ ।
यस अवसरमा उत्कृष्ट काम गर्न तीन वटा कर कार्यालय र दस जना कर्मचारीलाई सम्मान गरिएको हो । उनीहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको विभागले जनाएको छ । उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जा परेका छन् ।
यस्तै उत्कष्ट १० कर्मचारीहरूमा जीवनाथ ज्ञवाली, कर अधिकृत मध्यमस्तरीय कर कार्यालय, धर्मबहादुर रोकाय, शाखा अधिकृत आन्तरिक राजस्व विभाग, सुवर्ण कोइराला, शाखा अधिकृत आन्तरिक राजस्व विभाग, कुन्त माया गुरुङ, शाखा अधिकृत, आन्तरिक राजस्व विभाग र संजय सिंह, कमणप्युटर इन्जिनियर, आन्तरिक राजस्व विभाग रेहका छन् ।
यस्तै अन्य कर्मचारीहरुमा प्रेमप्रसाद तिमिल्सिना, कर अधिकृत आन्तरिक राजस्व कार्यालय हेटौडा, हेरम्वराज न्यौपाने, कर अधिकृत आन्तरिक राजस्व कार्यालय, कृष्णनगर, गंगाकुमारी हरिजन, नासु, कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, भैरहवा, रामप्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतली र सञ्जय हांखिङ, नासु, ठूला करदाता कार्यालय रहेका छन् । राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनी र राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार